२०८३, २९ श्रावण शनिबार

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा छ : मन्त्री अर्याल

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा छ : मन्त्री अर्याल


स्याङजा, १ वैशाख । नेपाल सरकारका भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको जीवनमा परिवर्तन ल्याउने अभियानमा रहेको बताउनुभएको छ ।

सरकार जनताको जीवनमा परिवर्तन ल्याउने कार्यमा योजनाबद्ध ढगंले लागेको भन्दै उहाँले सरकारका कामले पुर्णता पाउन समय लागे पनि जनताले अनुभुत गर्ने गरी सरकारले जनताको जीवन स्तरमा देखिने गरी परिवर्तन ल्याउने दावी गर्नुभयो ।

स्याङ्जाको वालिङ नगरपालिका दुइ स्थीत छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरेको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । यसैगरी काम गर्दा पारदर्शी किसिमले गर्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री अर्यालले सरकारले पठाएको बजेट तोकिएकै ठाउँमा प्रयोग गर्न समेत निर्देशन दिनुभयो। ‘सरकारले जुन ठाउँको लागि बजेट पठाएको छ स्थानीय तहले सोही ठाउँमा प्रयोग गर्नुस् । त्यस्तो नगरेर अन्यत्र प्रयोग गरेमा सरकारले हस्तक्षेप समेत गर्ने अवस्था आउन सक्छ । त्यसकारण तपाईहरु सचेत रहनुहोसु, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले श्रमिकलाई हेलोहोचो गरेर देशको विकास नहुने भन्दै सरकारले श्रमिकहरुलाई सम्मान गर्ने मन्त्री अर्यालले बताउनुभयो । काम गरेर कोही सानो नहुने भन्दै उहाँले श्रमिकहरुलाई कामको उचित मुल्य दिनुपर्ने समेत बताउनुभयो । ुगरिब हुनु मानिसको कमजोरी होइन। जन्मदै कोही धनी भएर आउदैन धनी हुने एउटै मात्र उपाय छ। त्यो परिश्रम हो । परिश्रम गर्न पछि पर्न हुदैनु, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले घरबार बिहिन जनताका लागि सरकारले जनता आवास कार्यक्रम सञ्चालन गरेको बताउदै असुरक्षित घर खरका छाना भएकाहरुलाई विस्थापित गरेर सुरक्षित बस्ती बनाउने अभियान अन्तर्गत जस्तापाताले घर छाउनको लागि प्रति घर ५० हजारका दरले उपलब्ध गराउने पनि बताउनुभयो ।

चापाकोट नगरपालिकामा विपन्नका लागि आएको जनता आवास अन्तर्गको कार्यक्रममा सम्पन्नशालिले सुविधा लिएको र त्यो सरकारले फिर्ता गराएको स्मरण गराउदै उहाँले अशक्तका नाममा आएको सेवा सुविधा अरुले प्रयोग गरे त्यस्तो कार्य सरकारलाई सह्य नहुने बताउनुभयो ।

यसैगरी मन्त्री अर्यालले भीरकोट नगरपालिका स्थित नयाँ कृषि अभियान कृषि सहकारीको प्रथम साधारणसभाको उद्घान गदै सरकार कृषि सहकारीका माध्यमबाट गाउँगाउँमा रोजगारी सिर्जना गर्ने योजनामा रहेको बताउनुभयो । सहकारीले अब रोजगार मुलक कामका साथै उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  १ : ३९ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व