२०८३, ३ असार बिहीबार

चलचित्र बिकास बोर्ड अवैज्ञानिक भयो, अब महासंघ बनाउनु पर्छ : मन्त्री बाँस्कोटा

चलचित्र बिकास बोर्ड अवैज्ञानिक भयो, अब महासंघ बनाउनु पर्छ : मन्त्री बाँस्कोटा


धुलिखेल १ बैशाख सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलिचित्र महासंघका रुपमा विकसित गरिने बताउनुभएको छ ।

तामाङ चलचित्र संघद्वारा काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी तामाङ चलचित्र महोत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो ‘चलचित्र विकास बोर्ड अवैज्ञानिक रुपमा छ, त्यसलाई सुधारसंगै बोर्डबाट नेपाल चलचित्र महासंघका रुपमा विकसित गरिन्छ ।’ उहाँले विभिन्न चलचित्र संघलाई एउटै संस्थामा आबद्धता गराउन छाता संगठनको रुपमा महासंघ बनाउन लागिएको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले चलचित्र महासंघ बनाउन त्यससम्बन्धी कानुनी मस्यौदा ड्राफ्ट भइरहको बताउनुभयो । ‘नयाँ आर्थिक बर्षको प्रारम्भसँगै चलचित्र महासंघको नयाँ कानुन आउनेछ, यसका लागि चलचित्रका विज्ञसँग छलफल गर्ने योजना पनि बनाएका छौँ’ उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले ‘विविध भाषाभाषी रहेको मुलुकमा आफ्नै भाषा, मौलिकता र संस्कृति झल्कने चलचित्र बनाउनु उत्साहप्रद छ’ भन्नुभयो । उहाँले भन्नुभयो ‘तर त्यस्ता चलचित्र बनाउन तत्सम्बन्धी संस्कृतिविद् आवश्यक पर्दछन्, हामी पनि कानुन बनाउने प्रक्रियामै रहेकाले विभिन्न संस्कृतिका विज्ञको सल्लाह लिनेछौँ ।’ उहाँले ५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको उल्लेख गर्दै मुलुकका विविध समुदायले नेपालका हलमा बर्षको १८० दिन चलचित्र प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सांसद गंगाबहादुर दोङ, नमोबुद्ध नपा प्रमुख टंकप्रसाद तिमल्सिना, संघका पूर्वअध्यक्षद्वय जेनिश दोङ र अशोक ब्लोनले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा तामाङ कलाकारले विभिन्न झाँकी तथा साँगीतिक प्रस्तुति गरेका छन् । तीनदिने महोत्सवमा पाँचवटा तामाङ चलचित्र प्रदर्शन गरिने संघका अध्यक्ष विकु थोकरले जानकारी दिनुभयो । रासस राजकुमार पराजुली

प्रकाशित मिति : २०७६, १ बैशाख आईतबार  ९ : ५९ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित