२०८३, २९ श्रावण शनिबार

देशमा डिजिटल सिस्टमबाट सुशासन कायम गर्छौ : मन्त्री अर्याल

देशमा डिजिटल सिस्टमबाट सुशासन कायम गर्छौ : मन्त्री अर्याल



भक्तपुर, २९ चैत : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालय मातहतका कार्यालयलाई डिजिटल बनाएर सुशासन कायम गरिने बताउनुभएको छ ।

नापी कार्यालय भक्तपुरमा जेष्ठ नागरिक एवं शारीरिक रुपले अशक्त सेवाग्राहीबा लागि निर्मित विश्राम कक्ष तथा बालबालिका स्तनपान कक्षको शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

त्यस अवसरमा नापी कार्यालय भक्तपुर र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको अनुगमन गर्दै मन्त्री अर्यालले पहिलो नम्बरमा सुशासन कायम गर्ने उद्देश्य लिएर मन्त्रालय अगाडि बढेको बताउनुभयो ।

मन्त्रालय मातहतका नापी तथा मालपोत कार्यालयमाथि सुशासनको विषयलाई लिएर प्रश्न उठेको भन्दै मन्त्री अर्यालले तर केही रुपमा भएका कमजोरीका कारण माथि क्लिन भएपनि तलबाट गिज्याउने काम भइरहेको बताउनुभयो ।

हामी पहिलो नम्बरमा सुशासन कायम गर्न लागिपरेका छौ। हामी मातहतका कार्यालयमाथी प्रश्न उठेका छन्ु, मन्त्री अर्यालले भन्नुभयो, ुहामी क्लिन छौ। भ्रष्टाचारको विषयमा हामीमाथि कुनै प्रश्न उठाउने ठाउँ छैन। तर तलबाट केही बदमासी भएका कारण हामीलाई गिज्याउने काम भइरहेको छ।

तर मन्त्रालय मालपोतरनापीमा भइरहेका बदमासी सिस्टमबाटै अन्त्य गर्न लागिपरेको मन्त्री अर्यालले बताउनुभयो । अब कर्मचारीलाई गाली गरेर मात्र होइन सिस्टमबाट नै यो कुरालाई च्यालेञ्ज गर्नुपर्छ भनेर हामी डिजिटल प्रविधिमा हाम्रा सेवालाई ढाल्न लागिपरेका छौ।


मन्त्री अर्यालले डिजिटल सेवाको शुरुआत स्वरूप कलंकीबाट नमुना कार्यालय बनाउन शुरु गरिएको भन्दै मन्त्री अर्यालले यसले राजस्वमा हुने चुहावट बन्द गर्ने, सुशासन कायम हुने र जनताले सहजरूपमा सेवा प्राप्त गर्ने बताउनुभयो ।

अबको एक वर्षमा देशैभरका मालपोत र नापी कार्यालयमा त्यो सिस्टम लागु गर्ने योजना अन्तर्गत मन्त्रालय अगाडि बढेको भन्दै उहाँले डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा प्रविधिसहितको सेवा हस्तान्तरण गरिने बताउनुभयो ।


यसको शुरुआत कलंकी मालपोत कार्यालयबाट गरेका छौ। एक वर्षभित्र देशैभरका सबै मालपोत र नापी कार्यालयमा डिजिटल सेवा लागू गर्ने योजनामा हामी लागेका छौ। डेढ वर्षमा स्थानीय तहलाई हस्तान्तरण गर्दा हामीले प्रविधि हस्तान्तरण गर्नेछौुं, मन्त्री अर्यालले भन्नुभयो ।
मन्त्री अर्यालले नमुना कार्यालय बनाउने मन्त्रालयको अभियान भएकोले नमुना कार्यालय बनाउदा पैसाको कारणले काम नरोकिने बताउनुभयो ।


बिचौलियामुक्त कार्यालय बनाउन लागेको भन्दै उहाँले सेवाग्राही बाहेक अन्य व्यक्तिलाई कार्यालय हाताभित्र प्रवेश निशेध गरेर सेवाग्राहीमुखी सेवा दिनुपर्ने बताउनुभयो ।

कर्मचारी लक्षित गर्दै मन्त्री अर्यालले मान्छे मरेर जाँदा शरीर मात्रै लिएर जाने भएको हुनाले जनतालाई सेवा दिनका निम्ति इमानदारीता देखाउन आग्रह गर्नुभयो । उहाँले राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन र गलत गर्ने कर्मचारीलाई दण्डित समेत गरिने बताउनुभयो । ुमान्छे मरेर जाँदा कात्रोमा खल्ती हुदैन ।

जनताको जीवन जिउन साह्रै निकृष्ट हुनुपर्दैनु, राम्रो काम गर्नुस् । हामी सबै तपाईंहरुको साथमा छौ। हामी यहाँ देखिएका भ्रष्टाचार प्रविधिमार्फत अन्त्य गर्छौ।

कार्यालयको अनुगमनपछि मन्त्री अर्यालले नहुने काम कसैले टेबुल ठोक्दैमा कानुन मिचेर गर्न जरुरी नभएको भन्दै कतिपय काम गर्दा व्यवहारिक कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार विष्टले ७ महिनादेखि कार्यालयले आफ्नै भवनबाट सेवा दिइरहेको, अनाधिकृत व्यक्तिको प्रवेश रोक्न डोरलक सिस्टम अपनाइएको, डिजिटल रुपमा सेवा दिइएको, दोहोरो स्क्रिन डिस्प्लेमार्फत कम्प्युटर सेवा दिइएको, टोकन प्रणाली मार्फत सेवा दिइएको जानकारी दिनुभएको थियो ।

यसैगरी मालपोत कार्यालय भक्तपुरका प्रमुख ध्रुवप्रसाद कोइरालाले कार्यालयमा भइरहेको सेवा तथा समस्याका बारेमा मन्त्री अर्याललाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलालले सेवाग्राहीमैत्री भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २९ चैत्र शुक्रबार  ३ : ४४ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व