२०८३, ३० असार बुधबार

सहकारीको अभियान हरेक वडासम्म पुग्नु जरुरी छ : केशव बडाल

सहकारीको अभियान हरेक वडासम्म पुग्नु जरुरी छ : केशव बडाल

बडाल सहकारी विज्ञ हुन् । उनको नेतृत्वमा सहकारी ऐन, कानुन, कार्यविधि बनाउने देखि सहकारीलाई ब्यवस्थित बनाउने सम्मका काम भएका छन् । हाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रहेका बडालसँग ६२ औँ सहकारी दिवसका पारेर गरिएको कुराकानी :

० राष्ट्रिय सहकारी दिवसलाई महासंघले कसरी मनाउने तयारी गरेको छ ?
– २०१३ साल चैत्र २० गते नेपालमा आधिकारिक रुपमा सहकारी दर्ता भएको दिन थियो । चितवनको बखान नामको त्यस सहकारी संस्था दर्ता भएको त्यही दिनलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाइँदै आएको छ । हामीले देशका ७७ वटै जिल्लामा यो दिवस मनाउने निर्णय गरेका छौं । गत वर्ष र अहिले पनि सन् २०१५ सेप्टेम्बरमा संयुक्त राष्ट्र संघले निर्णय गरेको र अन्तर्राष्ट्रिय सहकारी महासंघले पनि आफ्नै कार्यक्रमको रुपमा स्वीकार गरेको १७ बुँदे दिगो विकास लक्ष्यलाई हामीले आत्मासाथ गरेका छौं । यो सँगै १६९ गन्तव्यलाई पनि नेपालका सहकारीहरुले स्वीकार गरेका छन् । यी लक्ष्य र गन्तव्यमा पुग्नका लागि लागि यो वर्षको राष्ट्रिय सहकारी दिवसको अवसरमा पनि हिजो जस्तै क्रियाशील हुनेछन् ।

अब आउने वर्ष २०७६ को चैत्र २० गतेसम्म दिगो विकास लक्ष्य प्राप्तिको निम्ति सहकारी भन्ने थिम राखेर ७७ वटै जिल्लामा पत्रचार महासंघबाट भइसकेको छ । सबै जिल्लामा सहकारीसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर यो दिवसलाई भव्य रुपमा मनाइँदैछ । कतिपय स्थानमा सप्ताहव्यापी रुपमा पनि यो दिवस मनाउने तयारी गरिरहेका छन् । त्यसमा विभिन्न रचनात्मक कार्यक्रम समेत हुनेछन् । जहाँ जे सम्भव छ, जस्तो कृषि उत्पादन प्रदर्शन, रक्तदान, वृक्षरोपण जस्ता कार्यक्रमहरु मौसम र स्थिति अनुसार सम्पनन गर्न सकिनेछ । २० गते चाहिं सबै सहकारीकर्मीहरु ¥याली सहित सडकमा आउने गरी कार्यक्रम गर्न पत्रचार भइसकेको छ । हरेक वर्ष जस्तै १९ गते चाहिं इन्डोर कार्यक्रम राष्ट्रिय सभागृहमा सम्पन्न गरिनेछ । यो कार्यक्रमलाई हामीले विशेष र प्रभावकारी बनाउने प्रयास गरेका छौं । जहाँ प्रधानमन्त्रीदेखि विषयगत मन्त्री, सहकारीसँग संवद्ध सबै निकायको संयुक्त सहभागिता हुनेछ । उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नेछौं । खुल्ला कार्यक्रम भने भोलिपल्ट हरेक जिल्लाका सदरमुकाम र चोक बजारमा हुनेछन् । त्यसका तयारीका लागि सबै सहकारीकर्मीहरु अलिहे जुटिरहेका छन् ।

० तपाईहरुले दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने नारा पनि तय गर्नुभएको रहेछ, खासमा यसले दिनखोजको सन्देश चाहिं के होला ?
–संयुक्त राष्ट्रसंघले सन् २०१५ सेप्टेम्बरमा नेपाल सहित १९३ राष्ट्रले हस्ताक्षर गरेको यो दिगो विकासको लक्ष्य हो । यो लक्ष्य सन् २०१६ को जनवरी १ बाट शुरु भएर सन् २०३० डिसेम्बर ३१ सम्ममा पूरा गर्नुपर्नेछ । जसमा भोकमरी, विभेदमुक्त लगायत महत्वपूर्ण १७ वटा बुँदामा र अन्य १ सय ६९ वटा सूचकलाई पूरा गर्नुपर्नेछ । यसको निम्ति राष्ट्रिय सहकारी महासंघको आयोजनामा नेपालमा हामीले दोस्रो महासम्मलेन पनि सम्पन्न गरिसकेका छौं । यो महासम्मेलनको मुख्य लक्ष्य नै दिगो विकासका लागि सहकारी भन्ने उद्देश्य राखिएको थियो । जसमा वर्तमान अर्थमन्त्रीले विशेष कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

यसरी दिगो विकास लक्ष्य प्राप्तिका लागि किटान गरिएको १७ बुँदाको बुँदागत रुपमा विभिन्न कार्यक्रम देशभर भएका छन् । महिला, युवा, ग्रामीण क्षेत्र, पीछडिएका क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरु भएका छन् । राष्ट्रिय सहकारी महासंघले दोस्रो महासम्मलेनमा जुन लक्ष्य प्रस्तुत गरेको थियो त्यसलाई राष्ट्रिय योजना आयोगले पनि आत्मसाथ गरेको छ । नेपाल सरकारले पनि सन् २०३० सम्मको लक्ष्यभित्र यसलाई समेटेको छ । आयोगले अगामी साउनबाट लागू हुने पञ्वर्षीय योजनामा मुख्य आधार बनाएको छ । यी सबै गतिविधिलाई नियाल्दा मलाई लाग्छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि सरकारले अगामी बजेटमा विशेष व्यवस्था समेत गर्नेछ ।

राज्यको नयाँ संरचनाअनुसार सहकारी अभियानका के कस्तो समस्याहरु देख्नु भएको छ ?
–नयाँ संरचनामा समस्याहरु हुन स्वभाविक हो । यसअघि एउटा मात्रै सरकार थियो । अहिले ७ सय ६१ वटा भएका छन् । यसभित्र ४ सय ६० गाउँपालिका, २ सय ७६ नगरपालिका, ११ वटा उपमहानगरपालिका र ६ वटा महानगरपालिका गरी ७ सय ५३ वटा स्थानीय सरकार भएका छन् । यस्तै ७ वटा प्रदेश सरकार र १ संघीय सरकार बनाइएको छ । यसमा चाहिं हामीले गत वर्षको माघ महिनामा हरेक स्थानीय सरकारले बनाउनु पर्ने सहकारी ऐन सहकारी मैत्री बनाउन पहल ग¥यौं । त्यसका लागि संघीय सरकारको ऐनसँग नबाझिने गरी आफ्नो भूगोल र आवश्यकताका आधारमा ऐन बनाउनका निम्ति नमूना विधेयक समेत राष्ट्रिय सहकारी महासंघले उपलब्ध गराएको थियो । यसपछि राज्यका सम्वद्ध अंगसँग छलफल गरेर, डेलिगेशन गएर सम्मानीय प्रधानमन्त्री, शिक्षा मन्त्री, सहकारी मन्त्री, अर्थ र सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्रीसँग संयुक्त रुपमा भेटेर स्थानीय तहमा सहकारीताको आवश्यकता र महत्व एवं यसको दर्शन, सिद्धान्त, मूल्य र मान्यता बुझेका अधिकृतहरुको व्यवस्था गर्न सुझाव दिएका थियौं । यो हामीले विविध समस्या देखेर पहल गरिएको हो ।

यदि सहकारीलाई बुझेका अधिकृत भएनन् भने तालिम दिएर मात्रै खटाउन हामीले अनुरोध गरेका थियौं । त्यसका लागि आधार पनि दियौं । अर्कोकुरा यतिले मात्रै पुग्दैन भनेर ७ वटै प्रदेशमा महासंघले स्थानीय तहका प्रमुख र उपप्रमुख, कार्यकारी अधिकृत लगायत सम्बन्धित जिल्लाका सहकारी संघका अध्यक्ष र ती जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने प्रतिनिधि, सञ्चालकको समेत सहभागितामा संयुक्त कार्यक्रमहरु कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा सम्पन्न गरेका छौं । कर्णली प्रदेशमा पनि आगामी बैशाख महिनाभित्र भइसक्नेछ । यसो गर्नुको मुख्य उद्देश्य भनेकै संविधानले सहकारीका सम्बन्धमा गरेका व्यवस्थाहरुको बारेमा स्थानीय तहलाई जानकारी गराउनु नै हो । हरेक स्थानीय सरकारलाई सहकारीसँग सहकार्य गराउन पहल गर्नु हो । सरकारले पनि तीन खम्बे अर्थनीति अबलम्बन गरेकै छ । यसलाई सफल बनाउनको निम्ति स्थानीय सरकार र सहकारीको सहकार्यका लागि हामीले पहल गरिरहेका छौं । यस बारेमा विभिन्न जिल्ला र प्रदेश तहमा समेत कार्यक्रमहरु निरन्तर चलिरहेका छन् । यो पटक पनि स्थानीय तहसँगको सहकार्यलाई अझै मजबुत बनाउनका लागि विशेष कार्यक्रमहरु हामी जे गर्न सक्छौं त्यो कार्यक्रमहरु ल्याउँदै छौं ।

० अहिले नेपाली सहकारी अभियानका खास समस्या चाहिं के हुन त ?
–हामीले प्रदेश र जिल्ला तहमा एक किसिमले यसका समस्याका बारेमा बुझाउने प्रयास गरेका छौं । तर त्यो कत्तिको व्यवहारमा आयो भन्ने कुरो बुझ्न जरुरी छ । त्यसैले समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सहकारी क्षेत्रले सशक्त भूमिकाका साथ अगाडि बढाउनु पर्ने भएकाले स्थानीय तहले आफ्नो हिसाबले ऐन कानुन बनाएका छन् । त्यसैले भोलीको आधार तयार गर्न पनि सहकारीको दर्शन, सिद्धान्त, मूल्य र मान्यतालाई अध्ययन गर्ने, व्यवहारमा त्यसलाई लागू गराउने स्थानीय सहकारीको वृद्धि विकास तथा प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको छ ।

त्यसका लागि हरेक पालिकामा सहकारीलाई बुझेका अधिकृतको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको छ । अब सहकारीलाई क्रियाशील कसरी गराउने भन्ने जस्ता समस्याहरु हाम्रा सामु छन् । यसको समुचित व्यवस्थाका लागि सबै स्थानीय तहले ध्यान दिनुपर्छ । यति मात्रै होइन, सहकारीले निर्यात बढाउन र आयात कम गर्ने दिशामा केन्द्रित गराउनु पनि छ । त्यस्तै भौतिक पूर्वाधार, तालिम, प्रशिक्षण गर्नुपर्ने आवश्यकता छ । म आग्रह गर्न चाहन्छु कि सबै स्थानीय जनप्रतिनिधिहरुलाई ठिक ढंगले दर्ता प्रकृया अगाडि बढाइ दिनुहोस् दर्ता भएकालाई सही रुपमा अनुगन गर्ने र सहकारीको मूल्य मान्यता र विधिलाई बुझाउने कामलाई प्राथमिकतामा राखिदिनुहोस ।
० महासंघले स्थानीय तहमा सहकारीको गतिविधि कसरी अगाडि बढाउनु पर्ने आवश्यकता अनुभूत गरेको छ ?
–मैले अघि पनि भने कि महासंघले प्रदेश र जिल्ला तहमा एक लेवलको काम गरिसकेको छ । अब जिल्ला सहकारी संघले वडा तहसम्म पुग्न जरुरी छ । यसमा विषयगत जिल्ला संघहरु पनि उत्तिकै क्रियाशील भएर लाग्नुपर्छ । काभ्रे जिल्लामा रहेका १३ वटै पालिकामा केन्द्रित भएर विषयत सहकारी संघहरुले संयुक्त रुपमा आफ्ना गतिविधीहरुलाई अगाडि बढाउनु पर्छ । तालिमहरु सञ्चालन गर्नुपर्छ । देशभरका निर्वाचित जनप्रतिनिधिहरुका बीचमा र वडाहरुमा सहकारीको गतिविधी सञ्चालन गर्न अनुरोध पनि गर्दछु ।

० जिल्ला सहकारी संघ काभ्रेको गतिविधिलाई तपाइले कसरी लिनु भएको छ ?
–जिल्ला संघ एउटा स्वायत्त संघ हो । देशका अन्य संघहरुलाई जस्तै काभ्रे जिल्ला सहकारी संघको गतिविधिलाई पनि मेरो नेतृत्वको महासंघले एकै रुपमा नियाली रहेको छु । त्यसैले सहकारीको ऐन, नियम, कानुन, दर्शन, सिद्धान्त, यसको मूल्य र मान्यतामा रहेर काम कर्तव्य पूरा गर्न सबैलाई अनुरोध गर्दछु । काभ्रे जिल्ला राजधानीसँग नजिक भएकाले पनि सबैसँग हातेमालो गरेर ६२ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउन जिल्ला सहकारी संघलाई विशेष अनुरोध गर्दछु ।

प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार  १० : १९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै