२०८२, २३ चैत्र मंगलबार

विप्लवका हेमन्तप्रकाश सहित ८ जना काभ्रेबाट पक्राउ

विप्लवका हेमन्तप्रकाश सहित ८ जना काभ्रेबाट पक्राउ


काठमाडौं, चैत ९ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले ओलीसहित ८ नेता–कार्यकर्ता पक्राउ परेको अनलाइनखबरलाई जानकारी दिए । ‘हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ नेता–कार्यकर्ता प्रहरीको नियन्त्रणमा पर्नु भएको छ,’ रानीपोखरीमा कार्यरत एक उच्च प्रहरी अधिकारीले भने ।

पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ छन् । यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु कुन तहका नेता हुन् भन्ने खुलेको छैन । प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

यसअघि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन काभ्रेमै सर्च अपरेशन चलाएको थियो । ओली प्रहरीलाई छक्याउँदै भाग्न सफल भए पनि चार नेता कार्यकर्ता पक्राउ परेका थिए । तथापि, उनी त्यसको केही दिनपछि प्रहरीको नियन्त्रणमा परेका छन् । सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । उनी पक्राउ परेसँगै विप्लवको मध्यकमाण्ड क्षेत्रमा धक्का लागेको छ ।

प्रकाशित मिति : २०७५, ९ चैत्र शनिबार  ७ : ५१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि