२०८२, ४ माघ आईतबार

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु


काठमाडौँ, ८ चैत: काठमाडौँ महानगरपालिकाले आजदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार अध्ययन टोली बनाई आजदेखि अनुगमन कार्य शुरु गरिएको र आगामी १५ दिनभित्र प्रतिवेदन आइसक्ने बताउनुभयो ।

कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक जना सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिले ल्याएको प्रतिवेदनको आधारमा कुन कुन जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने कुँवरले बताउनुभयो ।

कामपामा कूल ७५ पम्प रहेकााम १५ वटा सुरक्षाको हिसाबले जोखिम देखिए पनि के गर्ने भन्ने विषयमा अध्ययन प्रतिवेदन पछिमात्रै निर्णय गरिनेछ । पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि कामपाले अध्ययन थालेको हो । सडकको धेरै नजिक, सवारी साधनमा तेल भरिराख्दा सर्वसाधारणलाई आवागमनमा समस्या देखिएका तथा बस्तीको हिसाबले अत्यन्तै नजिक रहेको पम्प मानवीय जोखिम मानिन्छन् । ती पम्प के कति अवस्थामा छन् भन्नेबारे अध्ययनले देखाएपछि तिनलाई स्थानान्तरण कसरी गर्ने र कहाँ गर्ने विषयबारे छलफल गरिने कामपाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ६ : ५० बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ