२०८३, २९ श्रावण शनिबार

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु

पेट्रोलपम्पको अवस्था बुझ्न अध्ययन शुरु


काठमाडौँ, ८ चैत: काठमाडौँ महानगरपालिकाले आजदेखि साँघुरो स्थान र जोखिमपूर्ण अवस्थामा रहेका पेट्रोलपम्पको अवस्था बुझ्नका लागि अध्ययन शुरु गरेको छ । कामपाको शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवरका अनुसार अध्ययन टोली बनाई आजदेखि अनुगमन कार्य शुरु गरिएको र आगामी १५ दिनभित्र प्रतिवेदन आइसक्ने बताउनुभयो ।

कुँवरको संयोजकत्वमा कामपा, ट्राफिक कार्यालय, नेपाल आयल निगम र शहरी विभागबाट एक÷एक जना सदस्य रहने गरी पाँच सदस्यीय अध्ययन कार्यदल गठन गरिएको छ । समितिले ल्याएको प्रतिवेदनको आधारमा कुन कुन जोखिमपूर्ण र कम जोखिमपूर्ण भनी थाहा पाएपछि हटाउने प्रक्रिया शुरु गरिने छ । विसं २०५४ पछि खुलेका पम्प हटाउनका लागि समस्या नहुने कुँवरले बताउनुभयो ।

कामपामा कूल ७५ पम्प रहेकााम १५ वटा सुरक्षाको हिसाबले जोखिम देखिए पनि के गर्ने भन्ने विषयमा अध्ययन प्रतिवेदन पछिमात्रै निर्णय गरिनेछ । पम्पका कारण जोखिम बढेको जनगुनासो आएपछि कामपाले अध्ययन थालेको हो । सडकको धेरै नजिक, सवारी साधनमा तेल भरिराख्दा सर्वसाधारणलाई आवागमनमा समस्या देखिएका तथा बस्तीको हिसाबले अत्यन्तै नजिक रहेको पम्प मानवीय जोखिम मानिन्छन् । ती पम्प के कति अवस्थामा छन् भन्नेबारे अध्ययनले देखाएपछि तिनलाई स्थानान्तरण कसरी गर्ने र कहाँ गर्ने विषयबारे छलफल गरिने कामपाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ६ : ५० बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व