२०८१, १४ मंसिर शुक्रबार

मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’

मुख्यमन्त्रीसँग बैठक र आयोजनाको अवलोकन गर्न प्रधानमन्त्री कार्यालयमा ‘एक्सन रुम’


काठमाडौँ, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यमन्त्रीसँग समन्वय र राष्ट्रिय गौरवका आयोजनाको अवलोकनका लागि ‘एक्सन रुम’ बनाउन थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तल्लो तलामा एक्सन रुम बनाउन लागिएको हो । प्रधाामन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्न र ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्नका लागि एक्सन रुम बनाउन थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।

बोलपत्र आह्वान गरी शास्त्र नेटवर्क सोलुसनले उक्त रुम बनाउन थालेको हो । एक्सन रुममा बन्ने ‘टेलिप्रिजेन्ट’ प्रणालीमार्फत प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष बैठक गर्न सक्ने उहाँले बताउनुभयो । सातवटै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग बैठक गर्नका लागि मुख्यमन्त्रीको कार्यकक्षमा ‘भिडियो कन्फरेन्स’ बनाइनेछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम र सात वटै प्रदेशका मुख्य कार्यालयमा रहेको निर्माणमा हुने ‘भिडियो कन्फरेन्स’लाई एकापसमा नेटवर्किङ गरिनेछ । दुवैलाई एकापसमा नेटवर्किङमा जोडेपछि एक्सन रुपबाट प्रधामन्त्री र भिडियो कन्फरेन्स रुमबाट प्रदेश मुख्ममन्त्रीहरु आवश्यक परेको बेला बैठक बस्ने सक्नेछन् ।

“प्रधानमन्त्री ओलीले ‘टेलिप्रिजेन्ट’को माध्यमबाट सात वटै प्रदेशका मुख्यमन्त्रीसँग प्रत्यक्ष बैठक गर्न सक्नुहुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘एक्सन रुम बनेपछि मुख्यमन्त्री प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउनु पर्दैन ।’’ उहाँका अनुसार प्रधानमन्त्री ओली र सात वटै प्रदेशका मुख्यमन्त्रीबीच सङ्घ र प्रदेश विषयमा छलफल गर्न सक्नेछन् । प्रधानमन्त्री कार्यालयमा एक्सन रुमबाट सातवटै प्रदेश कार्यालयमा प्रदेश र सङ्घबीच देखिएका समस्या समाधान गर्न सहज हुनेछ । ‘टेलिप्रिजेन्ट’बाट प्रधानमन्त्री ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक र एकल बैठक बस्न सक्ने व्यवस्था गरिने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो । “भौतिक रुपमा प्रधानमन्त्री र मुख्यमन्त्रीसँगै नभए पनि वास्तविक जस्तै बैठक सञ्चालन हुनेछ,’’ उहाँले भन्नुभयो, “प्रत्यक्ष रुपमा एकापसम कुरा गरे उहाँहरुबीच समसामयिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग एक्लाएक्लै वा सामूहिक बैठक बस्न सक्नुहुनेछ ।”

एक्सन रुपमा तीन वटा ५५ इञ्चको टेलिभिजन, तीन वटा टेलिप्रिजेन्ट क्यामेरा र माइक (स्पिकर) जडान गरिनेछ । मुख्यमन्त्रीको कार्यालयमा वन्ने भिडियो कन्फरेन्स रुम एक वटा टेलिभिजन, क्यामेरा, माइक र कोडेक (डाटा ट्रान्सफर गर्ने) रहनेछ । एक्सन रुममा अगाडि छ र पछाडि आठ गरी १४ जना बस्न मिल्ने र भिडियो कन्फरेन्स रुममा तीन जनासम्म बसेर बैठक सञ्चालन गर्न सकिनेछ ।

प्रधानमन्त्री कार्यालयमा रहेको माइक सेन्सरजडित रहेको हुनेछ । उक्त सेन्सर जडित माइकले जो बैठकमा बोलिरहेको हुन्छ एक्सन रुममा रहेको टेलिभिजनमा सोही व्यक्तिलाई देखाउने गर्दछ । जसले गर्दा एकापसमा संवाद गर्न सजिलो हुन्छ । यसैगरी उक्त एक्सन रुमबाट प्रधानमन्त्री ओलीले ११ वटा राष्ट्रिय गौरवका आयोजना, प्रधानमन्त्री निवास वालुवाटार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको समेत अवलोकन गर्न सक्नुहुनेछ । राष्ट्रिय गौरव आयोजनास्थलमा आइपी क्यामेरा जडित रहेको हुन्छ । एक्सन रुमसँग आइपी क्यामेराको नेटवर्किङ गरिएको हुन्छ ।

उक्त क्यामेराको सहयोगमा आयोजनामा के भइरहेको छ भन्ने जानकारी प्रधानमन्त्री ओलीले एक्सन रुमबाट लिनुहुने प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताउनुभयो । ‘‘एक्सन रुमबाट प्रधानमन्त्रीले आयोजनास्थलमा जडान गरिएको क्यामेराको सहयोगले कुन आयोजनाको के कस्तो प्रगति भइरहेको छ भन्ने जानकारी लिनसक्नुहुने छ,’’ उहाँले भन्नुभयो, ‘‘आवश्यक परे प्रधानमन्त्रीले एक्सन रुमबाट भिडियो कन्फरेन्समार्फत नै आयोजना प्रमुखसँग आयोजनाको बारेमा कुरा गर्न सक्नुहुनेछ ।’’

उहाँका अनुसार एक्सन रुमबाट प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाइभर्सन, राष्ट्रपति चुरे भावर संरक्षण, सिक्टा सिँचाइ आयोजना, रानी–जमरा सिँचाइ आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्य–पहाडी पुष्पलाल राजमार्ग, हुलाकी राजमार्ग र काठमाडौँ–तराई दु्रतमार्ग अवलोकन गर्नुहुनेछ । रु चार करोड ४८ लाखमा बन्ने उक्त एक्सन रुम दुई महीनाभित्र बनिसक्ने प्रवक्ता कुँवरले जानकारी दिनुभयो । एक्सन रुममा सञ्चालनका लागि प्रधानमन्त्री कार्यालयका प्राविधिक कर्मचारी रहनेछ ।

प्रकाशित मिति : २०७५, ८ चैत्र शुक्रबार  ६ : ३९ बजे

मन्त्री गुप्ता र तिब्बतका कार्यकारी उपाध्यक्ष योङचिबीच भेटवार्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र

आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै

मौसम अपडेट : तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

चलचित्र उद्योगलाई पर्यटन उद्योगसंँग जोड्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक

आकर्षक रोजगारीको सृजना र कृषि क्षेत्रमा क्रान्तिका लागि फरक ढङ्गले काम गर्छौ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सृजना