२०८३, ७ कार्तिक शनिबार

गरिबी निवारण गर्न एकिकृत कार्यक्रम आवश्यक : मन्त्री अर्याल

गरिबी निवारण गर्न एकिकृत कार्यक्रम आवश्यक : मन्त्री अर्याल


काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्नका निम्ती गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकिकृत रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिका अध्ययन भ्रमणबाट फर्किएका अलम्‍नाई नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्‍नाई नेटवर्क ९नुसाल०ले अमेरिबी राजदुतावासको सहयोगमा आयोजना गरेको महिला उद्यमशिलता विषयमा आयोजना गरेको कार्यक्रमलाई आज ९मंगलबार० सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो । मुलुकको विकासको ठूलो बाधक भनेको गरिबी र बेरोजगारी भएको भन्दै उहाले त्यसलाई कसरी जित्‍ने भन्ने ठूलो चुनौती रहेको औल्याउनुभयो ।
सरकारले अहिले गरिब पहिचान गर्ने कार्यमा लागिरहेको भन्दै गरिब पहिचान भइसकेपछि उनीहरूलाई कसरी धनी बनाउने भनेर निश्चित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘गरिबी निवारणका सबै कार्यक्रमहरूबीच समन्वयको आवश्यकता छ। एकिकृत, प्रभावकारी र परिणाममुखी बनाउन सबै कार्यक्रमका बीचमा समन्वय आवश्यक छ । त्यसका लागि हामी लागिरहेका छौ’, मन्त्री अर्यालले भन्नुभयो ।
गरिब पहिचान गरिसकेपछि सरकारले गरिबी निवारण कसरी गर्ने भनेर सात वटै प्रदेशमा कार्यक्रम बनाउने मन्त्री अर्यालले बताउनुभयो ।
गरिबीको अन्त्य गर्नका निम्ती उद्यमशिलता प्रमुख आधार भएको भन्दै उहाँले सहकारीमार्फत सबैलाई उत्पादनसँग जोडेर बेरोजगारलाई काम दिने कार्यमा लाग्नुपर्ने बताउनुभयो । ‘सबै मान्छेलाई उत्पादनसँग जोडेर जाने । त्यो कार्य सामुहिक रूपमा सहकारीमार्फत गर्ने’, मन्त्री अर्यालले भन्नुभयो, उत्पादन पनि कहाँ के आवश्यकता छ भनेर गर्नुपर्छ । त्यसका लागि बजारको माग के छ भनेर त्यसको सम्भाव्यता अध्ययन गरेर मात्रै उत्पादनमा लाग्यौं भने हामी सफल हुन्छौ ।’
मन्त्री अर्यालले धेरैभन्दा धेरै महिलाहरूलाई उद्यमी बनाउन आग्रह गर्नुभयो । कार्यक्रमस्थलमा महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादनहरूको स्थलगत अवलोकनपछि मन्त्री अर्यालले उद्यमशिलतामा महिलाहरूलाई बढी भन्दा बढी संलग्न गराउन आग्रह गर्नुभएको हो ।
मुलुक सुखी नेपाली समृद्ध नेपालको मुल लक्ष्य लिएर अगाडी बढेको भन्दै मन्त्री अर्यालले सरकार र नीजि क्षेत्र एकिकृत भएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना