२०८३, २९ भाद्र मंगलबार

गरिबी निवारण गर्न एकिकृत कार्यक्रम आवश्यक : मन्त्री अर्याल

गरिबी निवारण गर्न एकिकृत कार्यक्रम आवश्यक : मन्त्री अर्याल


काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबीको अन्त्य गर्नका निम्ती गरिबी निवारणसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू एकिकृत रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
अमेरिका अध्ययन भ्रमणबाट फर्किएका अलम्‍नाई नेपालीहरूले स्थापना गरेको नेपाल युएस अलम्‍नाई नेटवर्क ९नुसाल०ले अमेरिबी राजदुतावासको सहयोगमा आयोजना गरेको महिला उद्यमशिलता विषयमा आयोजना गरेको कार्यक्रमलाई आज ९मंगलबार० सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो । मुलुकको विकासको ठूलो बाधक भनेको गरिबी र बेरोजगारी भएको भन्दै उहाले त्यसलाई कसरी जित्‍ने भन्ने ठूलो चुनौती रहेको औल्याउनुभयो ।
सरकारले अहिले गरिब पहिचान गर्ने कार्यमा लागिरहेको भन्दै गरिब पहिचान भइसकेपछि उनीहरूलाई कसरी धनी बनाउने भनेर निश्चित कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘गरिबी निवारणका सबै कार्यक्रमहरूबीच समन्वयको आवश्यकता छ। एकिकृत, प्रभावकारी र परिणाममुखी बनाउन सबै कार्यक्रमका बीचमा समन्वय आवश्यक छ । त्यसका लागि हामी लागिरहेका छौ’, मन्त्री अर्यालले भन्नुभयो ।
गरिब पहिचान गरिसकेपछि सरकारले गरिबी निवारण कसरी गर्ने भनेर सात वटै प्रदेशमा कार्यक्रम बनाउने मन्त्री अर्यालले बताउनुभयो ।
गरिबीको अन्त्य गर्नका निम्ती उद्यमशिलता प्रमुख आधार भएको भन्दै उहाँले सहकारीमार्फत सबैलाई उत्पादनसँग जोडेर बेरोजगारलाई काम दिने कार्यमा लाग्नुपर्ने बताउनुभयो । ‘सबै मान्छेलाई उत्पादनसँग जोडेर जाने । त्यो कार्य सामुहिक रूपमा सहकारीमार्फत गर्ने’, मन्त्री अर्यालले भन्नुभयो, उत्पादन पनि कहाँ के आवश्यकता छ भनेर गर्नुपर्छ । त्यसका लागि बजारको माग के छ भनेर त्यसको सम्भाव्यता अध्ययन गरेर मात्रै उत्पादनमा लाग्यौं भने हामी सफल हुन्छौ ।’
मन्त्री अर्यालले धेरैभन्दा धेरै महिलाहरूलाई उद्यमी बनाउन आग्रह गर्नुभयो । कार्यक्रमस्थलमा महिला उद्यमीहरूले उत्पादन गरेको उत्पादनहरूको स्थलगत अवलोकनपछि मन्त्री अर्यालले उद्यमशिलतामा महिलाहरूलाई बढी भन्दा बढी संलग्न गराउन आग्रह गर्नुभएको हो ।
मुलुक सुखी नेपाली समृद्ध नेपालको मुल लक्ष्य लिएर अगाडी बढेको भन्दै मन्त्री अर्यालले सरकार र नीजि क्षेत्र एकिकृत भएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : ५३ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल