२०८२, ३२ श्रावण आईतबार

मर्यादित रुपमा होली मनाउन गृह मन्त्रालयको अनुरोध

मर्यादित रुपमा होली मनाउन गृह मन्त्रालयको अनुरोध


काठमाडौँ, ५ चैत: गृह मन्त्रालयले खुशियाली साटासाट गरी मनाइने होली (फागु) पर्व मर्यादित रुपमा मनाउन अनुरोध गरेको छ । यही चैत ६ र ७ गते मनाइने होली पर्वका अवसरमा देश÷विदेशमा रहनुहुने सबै नेपालीलाई शुभकामना दिँदै मन्त्रालयले आज एक सन्देश जारी गरी धार्मिक र सांस्कृतिक दृष्टिले मर्यादित र सभ्य भएर होली पर्व मनाउन आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पर्व मनाउने नाममा इच्छा विपरीत जबर्जस्ती, अमर्यादित, गैरकानूनी र उच्छृङ्खल किसिमका गतिविधि प्रचलित कानून विपरीत हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेको छ । “कानून विपरीतका कार्य र असभ्य व्यवहार कोही कसैप्र्रति नगर्न र नगराउन गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोही कसैको इच्छा एवं स्वीकृति बेगर कानून विपरीतका कार्य गरेमा कारवाही गरिने उल्लेख छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ चैत्र मंगलबार  ७ : २३ बजे

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

अब शंकाका आधारमा यात्रु नरोकिने : अध्यागमन विभाग

काठमाडौं । अध्यागमन विभागले अबदेखि भिजिट भिसामा जाने नेपाली नागरिकलाई

रास्वपा बर्खाको खहरेजस्तै, सुक्छ र हराउँछ : अर्थमन्त्री पौडेलको कडा टिप्पणी

पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ स्थित ऐतिहासिक, धार्मिक

भारतका ७० प्रतिशत सामानमा अमेरिकी ५० प्रतिशत करको प्रभाव

काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरूमा