२०८३, २४ भाद्र बिहीबार

भेरी करिडोर ठेक्कामार्फत काम हुँदै

भेरी करिडोर ठेक्कामार्फत काम हुँदै


जाजरकोट, ४ चैत: जाजरकोट – डोल्पा सडक खण्डको खलङ्गादेखि चिसापानीसम्मको सडकमा स्तरोन्नतीको काम शुरु हुने भएको छ । वर्षेनी धुलो, हिलो र अपठ्यारो भोग्दै आएका स्थानीयवासीले एक वर्षभित्र सहजताका साथ यात्रा गर्न पाउने भएका छन् । जाजरकोट खलङ्गा –रिम्नासम्मको १७ किमी सडकमध्ये कालेगाउँसम्म पिच भइसकेको छ भने बाँकी काम बोलपत्र स्वीकृत भई काम शुरु गर्ने चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

त्यस्तै रिम्नादेखि नलगाड नगरपालिका चिसापानीसम्मको कालोपत्रेका लागि अर्थ मन्त्रालयमा स्वीकृतिको काम अन्तिम चरणमा पुगेको भट्टले बताउनुभयो । जाजरकोटको सबैभन्दा जोखिमपूर्र्ण क्षेत्रमा रहेको खलङ्गा हुँदै रिम्नासम्म अहिले काम शुरु हुने र बाँकी चिसापानीसम्म बहुवर्षीय ठेक्कामार्फत काम शुरु गरिने उहाँले बताउनुभयो ।

सो सडकखण्डको नलगाड नगरपालिकाको झुर्मेखोलामा बाढीले पुल बगाएका ठाउँमा पुल निर्माणका लागि नयाँ डिजाइन स्वीकृति गर्ने काम शुरु भएको छ । नलगाड नदीमा यातायात सञ्चालन गर्नका लागि पुल निर्माण गर्नुपर्ने भएकाले सो पुलको डिजाइन स्वीकृतिको काम शुरु भएको डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । डिभिजन प्रमुख भट्टले भन्नुभयो, “स्तरोन्नतिको काम छिटो गर्न वन तथा वातावरणमन्त्रीले चासो व्यक्त गर्नुभएको छ, हामी पनि उहाँको चासोलाई जतिसक्दो छिटो अगाडि बढाउने पक्षमा छौँ ।”

जाजरकोट र रुकुमबीचमा पर्ने चिसापानीस्थित बैरीतालमा यातायात चल्नका लागि पुल निर्माण भइसकेकाले अन्य विकास काम गर्न सजिलो भएको डिभिजन कार्यालयले जनाएको छ । नलगाड जलविद्युत् आयोजनालाई तीव्र गतिमा लानका लागि पनि सो सडक छिटो निर्माण गर्न जरुरी भएको वनमन्त्री शक्तिबहादुर बस्नेतले राससलाई बताउनुभयो ।

उहाँका अनुसार बहुवर्षीय ठेक्कामार्फत जाजरकोटदेखि डोल्पासम्मको सडक स्तरोन्नतिसँगै पिच गरिने योजना अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीले समेत भेरी करिडोर सडकको स्तरोन्नतिका लागि चासो देखाएसँगै काम अगाडि बढ्ने भएको हो । एक सय १८ किमी सडकखण्ड भित्र ठाउँठाउँमा रहेका पुल निर्माणका लागि सडकको स्तरोन्नतिसँगै बहुवर्षीय ठेक्कामार्फत काम अगाडि बढाइने मन्त्री बस्नेतले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ४ चैत्र सोमबार  ६ : ३८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको