२०८२, ४ माघ आईतबार

बन्दले कहिल्यै छुन नसकेको एउटा विद्यालय

बन्दले कहिल्यै छुन नसकेको एउटा विद्यालय


भद्रपुर , चैत ३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गत बिहीबार बन्द आह्वान गर्‍यो यसको प्रभाव मुलुकभरका विद्यालयमा पर्‍यो झापाको भद्रपुर नगरपालिका–३ सानोगाउँस्थित मेची आधारभूत विद्यालयमा भने त्यस दिन पूरै पढाइ भयो ।

विद्यार्थी ४ बजे छुट्टी भएपछि घर फर्किए । विद्यालयमा बन्दकर्ता हौं भन्दै कोही पुगेनन् । शिक्षक र विद्यार्थीले धम्कीपूर्ण व्यवहार पनि खेप्न परेन । मेची नदीपारि भारतीय भूमिसँगै सिमाना जोडिएको गाउँमा रहेको यो विद्यालयमा भयरहित वातावरणमा पठनपाठन भयो । भोलिपल्ट पनि विद्यालयको पठनपाठनमा अवरोध भएन ।

यसअघि पटकपटका बन्दहडतालमा पनि विद्यालयमा पठपाठन हुँदै आएको छ। सार्वजनिक बिदाबाहेक विद्यालय बन्द हुँदैन । यहाँका अभिभावक र शिक्षकले बन्दहडतालबाट शैक्षिक क्षेत्र चौपट हुने राम्ररी बुझेका छन् । कुनै समूह विद्यालय बन्द गर्नुपर्छ भन्दै आएमा अभिभावक सामूहिक प्रतिकारमा उत्रन्छन् । त्यसमा शिक्षक र विद्यार्थीले साथ दिन्छन् ।

प्रकाशित मिति : २०७५, ३ चैत्र आईतबार  ८ : ०८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ