धुलिखेल चैत १ गते: नुवाकोटको चौघडामा जन्मेर दोलखालाई कर्मथलो बनाएका अग्रज पत्रकार राजेन्द्र मानन्धर जन्मभुमी नुवाकोटमा सम्मानित भएका छन् ।
मानन्धरलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर ३ फोनिज पत्रकारिता पुरस्कार २०७५ बाट सम्मान गरिएको हो । फोनिज प्रदेश नम्बर ३ को प्रथम अधिवेशनका अवसर पारेर शुक्रबार पत्रकार मानन्धरलाई सम्मान गरिएको फोनिजले जनाएको छ ।
नन्धरलाई प्रतिनिधि सभा सदस्य तथा पुर्व खेलकुद मन्त्री हित बहादुर तामाङले नगद पाँच हजार ५५५, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
सम्मानित भएपछि मानन्धरले आफ्नो जन्मभुमि सम्झदै पाँच वर्ष सम्म खेलेको, खोलामा डुबुल्की मारेको स्मरण गर्दै जन्मेको माटोमाथि उभिएर सम्मान ग्रहण गर्न पाउँदा जीवनमा पाएका सबै सम्मानहरु भन्दा गर्विलो र स्मरणयोग्य रहेको बताए ।
जन्मभुमि नुवाकोट भएपनि ४० वर्ष देखि दोलखामा रहदै आएका मानन्धरले पत्रकार महासंघ दोलखामा दुई कार्यकाल अध्यक्ष पदमा रहि दोलखाको पत्रकारिता क्षेत्रलाई नयाँ ढाँचाबाट बिकास गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने कार्यमा अग्रणी भुमिका निर्वाह गरेका थिए ।
उनी २०५८ सालदेखि कान्तिपुर दैनिक पत्रिकामा उप सम्पादकको रुपमा कार्यरत छन ।
३ नम्बर प्रदेशका करिव ढेड सय जनजाति पत्रकारहरु नयाँ नेतृतब चयनका लागि नुवाकोटको बटारमा भेला भएका छन् । शनिबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।








प्रतिक्रिया