२०८३, २९ श्रावण शनिबार

छुटेका भूकम्प प्रभावितको पुनःसर्वेक्षण गरिने

छुटेका भूकम्प प्रभावितको पुनःसर्वेक्षण गरिने


काठमाडौँ, १ चैत: लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ जिल्लाका भूकम्प पीडितको छुट तथा पुनःसर्वेक्षण यही चैत १५ देखि शुरु गरिने भएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा तोकिएका इञ्जिनीयरमार्फत स्थलगत लगत सङ्कलन गर्न लागिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । निजी आवास पुनःनिर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराइ पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका, थप एकिन गर्नुपर्ने भनी तोकिएका गुनासोकर्ताका हकमा सर्वेक्षण हुने प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिनुभयो ।

विसं २०७४ मा छुट तथा पुनःसर्वेक्षण लगत सङ्कलन नभएका गुनासोकर्ता र तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोको पनि सर्वेक्षण गर्न लागिएको उहाँले बताउनुभयो । प्राधिकरणका सहप्रवक्ता एवं सर्वेक्षणको समन्वय गरिरहनुभएका उपसचिव मनोहर घिमिरेले यही चैत १५ देखि सर्वेक्षण शुरु गर्ने गरी तयारी भइरहेको बताउनुभयो । यसमा करीब ५५० इञ्जिनीयर परिचालन गरिएको छ ।

“कुनै वास्तविक पीडित नछुट्नु भनेर स्थानीय जनप्रतिनिधिको सिफारिस र अनुगमनमा सर्वेक्षण गर्ने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो । प्राधिकरणले स्थानीय तहमा परिचालन गरेका इञ्जिनीयरमार्फत तोकिएको समयमा आ–आफ्नो लगत सङ्कलन गराउन गुनासोकर्तालाई अनुरोध गरेको छ । स्थानीय तहका पदाधिकारीलाई वास्तविक पीडितको यथार्थपरक लगत सङ्कलनमा सहयोग गरिदिन पनि प्राधिकरणले आग्रह गरेको छ ।

सर्वेक्षणका बारेमा थप जानकारी चाहिएमा सम्बन्धित जिल्लाका जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत सम्पर्क गर्न वा प्राधिकरणको पैसा नलाग्ने टेलिफोन नम्बर (टोल फ्रि) १६६०–०१–७२००० र ९८०१५–७२१११ मा फोन गर्न आह्वान गरिएको छ । तोकिएका इञ्जिनीयर एवं जिल्ला सहयोग इञ्जिनीयरका लागि ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षित इञ्जिनीयरले आ–आफ्ना जिल्लामा गएर सर्वेक्षणमा खटिने इञ्जिनीयरलाई तालीम दिनेछन् । विसं २०७६ वैशाख मसान्तसम्ममा सर्वेक्षण सक्ने प्राधिकरणको लक्ष्य छ ।
-रासस

प्रकाशित मिति : २०७५, १ चैत्र शुक्रबार  ६ : १८ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व