२०८३, ४ आश्विन सोमबार

काभ्रेमा बम पट्किएको हल्ला मात्रै होः प्रजिअ राउत, निजी विद्यालय बन्द

काभ्रेमा बम पट्किएको हल्ला मात्रै होः प्रजिअ राउत, निजी विद्यालय बन्द


धुलिखेल, फागुन ३० गते: विप्लब समूहले बन्दको आह्वान गरेपनि राजधानी पूर्वका जिल्लाहरुमा भने असर परेको छैनन् । सवारी साधान निर्वाद रुपमा चलेका छन् । पसल खुलेका छन् ।

बनेपा नगरपालिकाको अपांग बाल अस्ताल आसपासमा गएराति ठूलो आवाज आएपनि त्यो बम नभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी प्रमूख एसपी रविराज खड्काले जानकारी दिए । “ठूलो आवाज सुन्न साथ प्रहरी त्यस आसपासमा पुगेको थियो । एसपी खड्काले भने “तर बम पड्किएको अवशेष कतै भेटिएन ।”

काभ्रेका प्रमूख जिल्ला अधिकारी कृष्ण बहादुर राउतका अनुसार जिल्लाका विभिन्न चोकचोकमा प्रहरी गस्ती अघिल्लो दिनको तुलनामा बढाइएको छ । त्यस्तै मोबाइल गस्ती समेत बढाइएको छ । जिल्ला भरका चौकीहरुलाई हाइअलटमा बस्न र गस्ती बढाउन निर्देशन दिइएको उनले बताए ।

निजी विद्यालय बन्द
काभ्रेका निजी विद्यालय भने बन्द हुने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) अन्तर्गतका विद्यालय बन्द हुने भएका हुन् । खबरघर अनलाईनसँग कुरा गर्दे प्याब्सन काभ्रेका पूर्व अध्यक्ष सत्यरानायण श्रेष्ठले विद्यालय बन्द हुने जानकारी दिएका हुन् ।

हिजो साझा विद्यालय बन्द गरेर सहयोग गरिदिन विप्लबका कार्यकर्ताहरुले आग्रह गरेपछि निजी विद्यालयहरु बन्द गर्न संचालकहरु बाध्य भएका हुन् । प्रशासन कार्यालयले भने बन्द नगर्न आग्रह गरेको थियो ।

प्रमूख जिल्ला अधिकारी राउतले भने सामुदायिक र निजी विद्यालय खुल्ला हुने बताएका थिए ।

प्रकाशित मिति : २०७५, ३० फाल्गुन बिहीबार  ८ : २३ बजे

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग

युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर