२०८२, २५ भाद्र बुधबार

साझाको बेथिती रोक्न मन्त्री अर्यालको एक्शन, तत्कालिन महाप्रबन्धक शर्मासँग ३ दिने स्पष्टिकरण माग

साझाको बेथिती रोक्न मन्त्री अर्यालको एक्शन, तत्कालिन महाप्रबन्धक शर्मासँग ३ दिने स्पष्टिकरण माग


काठमाडौं : साझा प्रकाशनमा देखिएको बेथिती रोक्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक्शन लिनुभएको छ । यसअन्तर्गत मन्त्री अर्यालले साझा प्रकाशनका तत्कालिन महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई मन्त्रालयमा तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोक्नुभएको छ । साझा प्रकाशनमा धरासायी भएर भ्रष्टाचार भइरहेको लगायतका थुप्रै बेथितीका कुराहरू बारम्बार बाहिरिएका थिए । यस सम्बन्धमा मन्त्री अर्यालले आन्तरिक टिम बनाएर अध्ययन गर्नुभएको थियो । अध्यननका क्रममा तत्कालिन प्रबन्धकका थुप्रै समस्या देखिएपछि मन्त्री अर्यालले शर्मालाई मन्त्रालय तानेर छानबिन शुरू गर्नुभएको हो ।

आफ्नै छापाखाना, देशभर जग्गाजमिन भएको सम्पन्न संस्थाको रूपमा परिचित साझा प्रकाशन धरासायही भएको, साझाका कर्मचारीहरू एकवर्षदेखि आन्दोलनरत रहेको, कर्मचारीले तलब समेत खान नपाएको, कर्मचारी र नेतृत्वबीच राम्रो सम्बन्ध नभएको, सञ्चालक समिति र कर्मचारीबीचमा सम्बन्ध बिग्रिएको लगायतका थुप्रै समस्या थियो। कर्मचारीहरूले तलब समेत खान नपाएपछि मन्त्री अर्यालको विशेष पहलमा अर्थ मन्त्रालयबाट ८ करोड ऋण ल्याएर साझा प्रकाशनका कर्मचारीहरूलाई तलब खुवाउनुपरेको थियो । गएको फागुन १९ गते शर्मालाई मन्त्रालय तानेर मन्त्रालयका उपसचिव ऋषिराम पंगेनीलाई साझाको महाप्रबन्धक तोक्नुभएको छ । यसैबीच शर्मालई ३ दिने स्पष्टिकरण सोधिएको छ । साझा प्रकाशन सहकारी संस्थाले आज बुधवार पत्राचार गरी ३ दिनभित्र सञ्चालक समिति समक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ ।

संस्थाका अध्यक्ष रघुराम विष्टद्वारा जारी गरिएको पत्रमा तत्कालिन प्रबन्धक शर्मालाई साझा प्रकाशन नियमावली, २०७३ (संशोधन सहित) को नियम ३०.१ को खण्ड (ख) बमोजिम आचरण तथा अनुशरण सम्बन्धी नियम उल्लंघन गरेको र सोही नियमावलीको खण्ड च बमोजिम आफ्नो पदको जिम्मेवारी वेवास्ता गरेको देखिएको भन्दै पत्र प्राप्त भएको मितीले ३ दिनभित्र सञ्चालक समितिसमक्ष स्पष्टिकरण पेश गर्न भनिएको छ । सञ्चालक समितिको फागुन २८ गतेको निर्णयअनुसार स्पष्टिकरण सोधिएको हो । राष्ट्रिय इतिहास बोकेको सरकारी संस्था साझा प्रकाशनलाई उचित रूपमा सञ्चालन नगरेको, प्रकाशन धरासायी बनाएको लगायतका थुप्रै बिषयहरू तत्कालिन महाप्रबन्धक शर्मामाथि लागेका छन् ।

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ८ : ४२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा