२०८२, १२ माघ सोमबार

‘राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता’ :रक्षामन्त्री पोखरेल

‘राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता’ :रक्षामन्त्री पोखरेल


काठमाडौँ, २९ फागुन : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको १५ दिवसीय उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीमको आज समापन गर्दै उहाँले राजनीतिक स्थायित्वले नै राष्ट्रिय सुरक्षाको चुनौती र खतरालाई सम्बोधन गर्न सक्ने बताउनुभयो ।

“राष्ट्रिय सुरक्षाका लागि सबै नेपाली एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाएर साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रबन्ध मिलाउन सहज हुन्छ,” उहाँले भन्नुभयो ।

त्यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले राष्ट्रिय सुरक्षाजस्तो गम्भीर विषमा समस्त नेपाली संवेदनशील हुन जरुरी भएको बताउनुभएको थियो । राष्ट्रिय समाचार समिति (रासस)सहित विभिन्न सरकारी निकायका पदाधिकारी, नेपाली सेनाका रथी तथा अधिकृत र अन्य सुरक्षा निकायका अधिकृतहरु गरी २४ जनाले उक्त तालीम सफलतापूर्वक सम्पन्न गरेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : ०९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै