२०८२, २५ भाद्र बुधबार

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ

प्रधानमन्त्रीद्वारा ‘मेयरखबर डटकम ’ शुभारम्भ


काठमाडौँ, २९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टिच्यूट अफ कम्युनिकेशन, इन्फर्मेशन एण्ड डेभलपमेण्ट(आइसिआइडी)ले प्रकाशन गरेको डिजिटल खबरपत्रिका ‘मेयरखबर डटकम’को औपचारिक शुभारम्भ गर्नुभएको छ ।

‘हाम्रो सरकार, हाम्रै समाचार’ भन्ने मूल नाराका साथ आजदेखि शुभारम्भ भएको अनलाइन न्यूज पोर्टल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय सरकारलाई थप सबल बनाउनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री ओलीले सङ्घीयतामा मुलुक प्रवेश गरेसँगै नगर सरकार बलियो भएको बताउँदै जनताको अपेक्षा पूरा गर्न नगर सरकारलाई आगह गर्नुभयो ।

मेयरखबरले नगरको निगरानी गर्दै नगरवासीलाई सूचना प्रवाह गर्ने आइसिआइडीका कार्यकारी निर्देशक शिव अधिकारीले जानकारी दिनुभयो । मेयरखबरमा नगरपालिकाका मेयरको अन्तर्वार्ता, बालबालिकासँग मेयर, महिलासँग उपमेयर, यस्तो पो मेयर, सूचनापाटी, मेयर कानून, विदेशका मेयरको अनुभूतिलगायत स्तम्भ पढ्न सकिनेछ । सो अनलाइन पोर्टलमा प्रत्येक नगरपालिकाको अत्यावश्यक जानकारीसमेत उपलब्ध हुने जनाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : ०१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा