२०८२, २७ चैत्र शनिबार

छाडा चौपाया समस्या बन्दैः महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने

छाडा चौपाया समस्या बन्दैः महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने


काठमाडौं, फागुन २९ : काठमाडौँ महानगरपालिका छेउछाउका गाउँपालिका तथा नगरपालिका हुँदै काठमाडौँ महानगरका सडकमा आइपुग्ने छाडा चौपायालाई नियन्त्रण गर्न महानगरपालिकाले गाईभैँसीको कानमा विद्युतीय ट्यागिङ उपकरण जडान गर्ने भएको छ ।

चालु आर्थिक वर्षमा मात्र महानगरपालिकाले ९९ वटा गाईगोरु र बहर पक्रेर लिलाम गरेको थियो । लिलामबाट जम्मा दुई हजार सातसय रुपियाँ मात्र राजस्व उठेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज आचार्यले लेखेका छन् । छाडा गाईवस्तु पक्रनु, व्यवस्थापन गर्नु निकै खर्चिलो भए पनि लिलामबाट लागत पनि उठ्न सक्दैन । उपकरण जडान गरिएपछि महानगरका सडक अवरुद्ध गर्ने गरी आइपुगेका चौपायाको धनी को हो ?

सजिलै पत्तालगाइ दण्ड जरिवाना गर्न सकिने र यस्ता चौपायाको व्यवस्थापन सहज रुपमा हुने आशा महानगरपालिकाले गरेको छ । छाडा चौपायालाई संरक्षण गर्दै आएको स्नेहा केयर(नख्खु)का प्रमुख स्नेहा श्रेष्ठका अनुसार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको इजलासले यही फागुन २२ गते सडकका छाडा चौपायालाई अन्नपानी र दानाको व्यवस्था गरेर संरक्षण गर्नु भन्ने सरकारका नाममा परमादेश जारी भएको छ ।

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : ४८ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण