२०८२, २६ कार्तिक बुधबार

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै

काठमाडाैंमा भूमिगत पानीकाे भण्डार रित्तिँदै


काठमाडौं, फागुन २९ : काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ं उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको छ ।

बढ्दो जनसंख्या र तीव्र रूपमा विस्तार भएको सहरीकरणले पनि भूमिगत सतहबाट पानी दोहन भइरहेको छ । आवास भवन, उद्योग, कलकारखाना, सडकलगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ ।

उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या छैन
काठमाडौं उपत्यकामा जमिनमुनिको पानीको दोहन अत्यधिक भए पनि उपत्यकाबाहिर भने त्यस्तो समस्या देखिएको छैन । ‘हामीले उपत्यकाबाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गरिरहेका छौँ,’ पोखरेलले भने, ‘तर, उपत्यकाबाहिरका कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह घटेको छैन ।’

उपत्यकाबाहिर जमिनमुनि पानी रिचार्ज हुँदा उल्टै भारतको बिहार, उत्तर प्रदेशलगायत क्षेत्रमा राहत पुग्ने गरेको पोखरेलको भनाइ छ । भूमिगत जलस्रोत विकास समितिले ०६६ पुस महिनादेखि उपत्यकाका विभिन्न २० क्षेत्रमा डिप ट्युबवेल राखेर अध्ययन सुरु गरेको थियो । आवश्यकताअनुसार डिप ट्युबवेल थप्दै गएपछि अहिले २९ क्षेत्रमा राखेर जमिनमुनि पानीको अध्ययन भइरहेको छ । याे समाचार वीरेन्द्र अ‍ोली र सुवाष भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, २९ फाल्गुन बुधबार  ७ : २१ बजे

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका

यसपालि डिभी आवेदनमा नयाँ प्रावधान : पहिलोपटक शुल्क तिर्नुपर्ने, आवेदन ढिलो खुल्ने भयो

काठमाडौं । संयुक्त राज्य अमेरिकाले हरेक वर्ष अक्टोबर २ देखि