२०८२, ९ बैशाख मंगलबार

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ


काठमाडौँ, २८ फागुन : चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिनुभयो ।

महायज्ञको विषयमा सोमबार चितवनबाट आई काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा उहाँले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताउनुभयो । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना गर्दैछ । महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत छ । देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।

तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । महायज्ञमा रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षक बनाइने आयोजकको भनाइ छ ।

सरकारबाट रु ५० लाख सहयोग भए पनि अर्थसँगै धातुको अभाव भएको बताइएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नकुल अर्यालले चितवनबाट काठमाडौँमा आई पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो कार्यक्रम ठुलो अवसर भएको उल्लेख गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महायज्ञका मिडिया संयोजक नारायण ढुङ्गानाले देशकै नमूना कामका लागि सञ्चारमाध्यमले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशको गहनाको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ८ : ३५ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज