२०८३, १ श्रावण शनिबार

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ


काठमाडौँ, २८ फागुन : चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ । आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’को तयारी तीव्र पारिएको मूल आयोजक समितिका संयोजक केशव पाण्डेले जानकारी दिनुभयो ।

महायज्ञको विषयमा सोमबार चितवनबाट आई काठमाडौँमा पत्रकारिता गरिरहेका पत्रकारहरुसँग गरिएको अन्तरक्रियामा उहाँले देशकै सम्पत्तिको रूपमा रहेको देवघाटधाममा निर्माण हुने शिवको मूर्तिले धार्मिक पर्यटक बढ्ने विश्वास रहेको बताउनुभयो । पण्डित ईश्वरकृष्ण महाराजको सङ्कल्पमा देवघाटधाम संरक्षण प्रतिष्ठानले महायज्ञको आयोजना गर्दैछ । महायज्ञबाट करीब रु पाँच करोड बराबरको धातु सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ । महायज्ञमा तीन करोडको बेलपत्र चढाउने कार्यक्रमसमेत छ । देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ ।

तीन वर्षदेखि शुरु भएको अभियानअन्तर्गत अहिलेसम्म ७० क्विन्टल धातु र रु ३२ लाख सङ्कलन भइसकेको छ । झण्डै रु आठ करोडको लागतमा देवघाटमा शिवको मूर्तिसहित जमीनमुनि पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । अहिले माटोबाट नमूना मूर्ति तयार भइसकेको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । महायज्ञमा रु एक लाख दान गर्नेलाई संस्थापक सदस्य र रु पाँच लाख दान गर्नेलाई संस्थापक सदस्यका साथै संरक्षक बनाइने आयोजकको भनाइ छ ।

सरकारबाट रु ५० लाख सहयोग भए पनि अर्थसँगै धातुको अभाव भएको बताइएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नकुल अर्यालले चितवनबाट काठमाडौँमा आई पत्रकारिता गर्ने पत्रकारहरुका लागि यो कार्यक्रम ठुलो अवसर भएको उल्लेख गर्दै प्रचारप्रसारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । महायज्ञका मिडिया संयोजक नारायण ढुङ्गानाले देशकै नमूना कामका लागि सञ्चारमाध्यमले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । प्रतिष्ठानका संरक्षक बालकृष्ण अर्यालले देवघाटमा निर्माण हुन लागेको अष्टधातुको शिवमूर्ति, देशको गहनाको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ८ : ३५ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित