२०८३, ३ असार बिहीबार

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो


भक्तपुर, २८ फागुन: भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ ।

पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गर्नुभयो । उहाँले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (विसं १७२७) मा काठमाडौँको रानी पोखरी निर्माण भएको दाबी गर्दै उहाँले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उहाँको भनाइ छ ।

ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा श्रेष्ठले भाज्या पोखरी १२ आँै शताब्दी पुरानो रहेको बताउनुभयो । नगरपालिकाले विसं २०५९ मा शुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उहाँले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पार्नुभयो ।

उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाइ राख्दै उहाँले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाइ राख्नुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याउनुभयो । उहाँले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्न नगरपालिका अगाडि बढेको बताउँदै भाज्या पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भन्नेबारेमा थप छलफल र गहन अनुसन्धान हुनुपर्ने औँल्याउनुभयो । कार्यक्रममा नगरपालिका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, पुरातत्व विभागका पूर्वनिर्देशक लक्ष्मणराज ज्ञवाली, गुठी संस्थानका निर्देशक मीनराज चौधरी, पुरातत्व विभागका प्रमुख हरि सुवेदी, प्रेमसिंह बस्न्यात, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, प्रा डा मोहनमूर्ति पन्थी, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापति, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले भाजु पोखरीलाई पुरानै आकारप्रकारका इँटा र शैलीमा बनाएर मौलिकता जोगाउन नगरपालिकालाई सुझाव दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ फाल्गुन मंगलबार  ८ : २९ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित