२०८२, ४ जेष्ठ शनिबार

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए


काठमाडौँ, २७ फागुन: सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्षको फेब्रुअरीमा ८९ हजार ५०७ विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको विवरणमा सन् २०१९ को जनवरी महीनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमण गरेका छन् । फेब्रुअरीमा मात्रै भारतबाट नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा ९२ दशमलव ५ प्रतिशतले बढेको छ । सार्क मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८५ प्रतिशतले बढेको छ । चिनियाँ पर्यटक ५ दशमलव ३ प्रतिशतले मात्रै बढेको छ ।

युरोपेली मुलुक बेलायतबाट ८ दशमलव ७, जर्मनबाट २७ दशमलव ९ र फ्रान्सबाट आउने पर्यटकमा ७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । सन् २०१९ को फेब्रुअरीमा युरोपबाट आउने पर्यटकको सङ्ख्या १७ हजार ७८९ पुगेको छ । यो अवधिमा अमेरिकाबाट सात हजार १३३ पर्यटक आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले बढी हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बोर्ड तथा निजी क्षेत्रले गरेको प्रवद्र्धनात्मक गतिविधिका कारण विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्षको दुई महीनामा ४० प्रतिशतले पर्यटक आगमन बढ्नुले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ६ : ३१ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको