२०८२, १८ मंसिर बिहीबार

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो

कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोक्यो


काठमाडौँ, फागुन २७ : दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ । सन् २००८ बाट कोरियाले रोजगार अनुमति प्रणाली (ईपिएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले नेपालीका लागि यस पटक सबैभन्दा बढी कोटा तोकेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा हामे कार्कीले लेखेका छन् ।

वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्याकंनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।

कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ । कामदार कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ ) खर्च हुन्छ । ‘अहिलेसम्मकै उच्च कोटा निर्धारण भएको पत्र प्राप्त भएको छ,’ ईपिएस कार्यालयका एक अधिकारीले भने, नियमित तालिकाअनुसार परीक्षा लिइनेछ ।’

प्रकाशित मिति : २०७५, २७ फाल्गुन सोमबार  ७ : २२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको