२०८२, १२ माघ सोमबार

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’ : मुख्यमन्त्री पोखरेल


रुपन्देही, २४ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धर्मका नाममा पुराना कथा र कहानीको विश्वासले गर्दा विभेद यथावत् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पितृसत्ताले सिर्जना गरेका कुरामा सबैभन्दा बढी महिलाले विश्वास गर्छन्, जसको जगमा पितृसत्ता छ ।”

कार्यक्रममा नेकपाका नेता तथा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले श्रमिकलाई अधिकारविहीन बनाएर मुलुक समृद्ध बन्न नसक्ने धारणा राख्नुभयो । उहाँले सबै किसिमका विभेद अन्त्य भएको समाजनै आजको आवश्यकता भएको बताउनुभयो ।

नेकपाका जिल्ला अध्यक्ष गोपाल भट्टराईले श्रमिकको समान अधिकार स्थापित गर्नु सरकारको दायित्व भएको बताउनुभयो । अगुवा महिला नेत्री मैया भट्टराई, सावित्रा अर्याल, जानकी न्यौपाने, लक्ष्मी कोइरालालगायतले महिलाको योगदानकै कारण देशमा राजनीतिक परिवर्तन सम्भव भएकाले महिला समानता र अधिकारको रक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : २४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै