२०८२, २० कार्तिक बुधबार

गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ

गरीबी रहिरहे प्रदेश सरकारको औचित्य समाप्त : मुख्यमन्त्री गुरुङ


कास्की, २४ फागुन :गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरीबी र बेरोजगारीको समस्या रहिरहे सङ्घीयता र प्रदेश सरकारको औचित्य समाप्त हुने बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आन्तरिक पर्यटन वर्षको सन्दर्भमा आज होमस्टे (घरबास) व्यवस्थापनसम्बन्धी कार्यक्रममा उहाँले गरीबीको अन्त्य गरी जनताको जीवनस्तर सुधार गर्नु प्रदेश सरकारको मुख्य दायित्व भएको बताउनुभयो ।

उपलब्ध प्राकृतिक स्रोतको परिचालन गरी गरीबीको दर घटाउने योजना सरकारको रहेको र त्यसमा सफलता प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । आगामी पाँच वर्षभित्रमा गण्डकी प्रदेशको हालको १४ प्रतिशतको गरीबीलाई सात प्रतिशतमा झार्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । “अहिलेको प्रदेशको १४ प्रतिशत गरीबीलाई पाँच वर्षभित्रमा सात प्रतिशतमा र १२ वर्षभित्रमा दुई प्रतिशतमा झार्ने योजना सरकारको छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री गुरुङले प्रदेश सरकार अब बत्ती, पानी, होमस्टे, सडक, स्मार्ट कृषि र आर्थिक गतिविधिसँगै जनताको घरघरमा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोहीले भन्ने गरेका छन् प्रदेश सरकार कहाँ छ ? सरकार बत्ती, पानी, सडकमार्फत् जनताको घरघरमा पुग्दैछ । यस वर्ष प्रदेशका कम्तीमा ३० हजार घरमा धारा पु¥याउँछौँ ।”

पाँच वर्षभित्र पाँच लाख ७७ हजार ५१७ घरमा पानीको धारा पु¥याउने उहाँले बताउनुभयो । होमस्टे ग्रामीण पर्यटनको केन्द्रका रुपमा रहेको मुख्यमन्त्री गुरुङले प्रष्ट पार्नुभयो । होमस्टे सञ्चालकले पाहुनाको चित्त बुझाएरमात्र व्यवसाय गर्नुपर्ने उहाँले बताउनुभयो । “होमस्टेमा पुग्ने पाहुनालाई खुशी बनाएर, सबै कुराको मेनु राखेर मात्र व्यवसाय सञ्चालन गर्नोस् । घर तथा कोठाको सरसफाइमा ध्यान दिनोस्”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको मर्मलाई आत्मसात् गर्न रोजगारीका अवसर सिर्जना गरी जीवनस्तर सुधार्न होमस्टे महत्वपूर्ण माध्यम बन्ने बताउनुभयो । उहाँले संस्कृतिलाई होमस्टेसँग जोड्नुपर्ने खाँचो औँल्याउँदै प्राङ्गारिक उत्पादनमार्फत पर्यटकको सेवा गर्नुपर्नेमा जोड दिनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरी १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको बताउनुभयो । प्रदेशमा आएका पर्यटकलाई गाउँगाउँमा जाने वातावरण निर्माण गर्न होमस्टेको योगदान रहने उहाँको भनाइ थियो ।

पर्यटन पूर्वाधार निर्माणका लागि पूँजीगत अनुदान पाएका होमस्टेलाई अनुदानको सही सदुपयोग गर्न आग्रह गर्दै मन्त्री लम्सालले कुनै एउटाले बदमासी गर्दा सम्पूर्ण होमस्टेको नै बदनाम हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो । मन्त्रालयले प्रदेशका विभिन्न १९० होमस्टेसँग पर्यटन विकास तथा पूर्वाधार व्यवस्थापन गर्न पूँजीगत अनुदान दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारले चालू आर्थिक वर्षमा करीब ३०० होमस्ेटमा पर्यटन पूर्वाधारका लागि रु ३० करोड बजेटको व्यवस्था गरी प्रस्ताव आह्वान गरेकामा २३२ वटाले प्रस्ताव दर्ता गरेका थिए । त्यसका लागि प्रत्येक होमस्टेलाई रु १० लाखका दरले रकम प्रदान गर्ने योजना सरकारको छ । सम्झौता भएकालाई पहिलो किस्ताबापत शुरुआतमा रु चार लाख प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : १५ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज