२०८२, २४ चैत्र बुधबार

विचार परिवर्तन नभएसम्म महिला अधिकार पूर्ण हुँदैन : नेता नेपाल

विचार परिवर्तन नभएसम्म महिला अधिकार पूर्ण हुँदैन : नेता नेपाल


काठमाडौँ, २४ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले चिन्तन र विचारलाई परिवर्तन नगरेसम्म संविधानमा भएका महिला अधिकार प्राप्ति नहुने बताउनुभएको छ । एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास समाजले आज आयोजना गरेको अन्तक्र्रियामा वरिष्ठ नेता नेपालले संविधानमा महिलाका लागि अधिकारको कुनै कमी नभए पनि व्यवहारमा महिलाले अधिकार प्राप्त नगरेको बताउँदै सो को कार्यान्वयनका लागि चेतना र जागरणका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

अहिले पनि बोक्सी प्रथा, सासूले बुहारीलाई राम्रो व्यवहार नगर्ने, महिला हिंसाजस्ता थुप्रै समस्या रहेको भन्दै उहाँले महिला र बाहुनले हलो चलाउनु हुँदैन भन्ने पुराना मान्यतालाई भोजपुरका योगमायाजस्ता महिला नेत्रीले आन्दोलन गरेको स्मरण गर्दै महिला पक्षधरलाई प्रोत्साहन दिनुपर्ने आवश्यकता बताउनुभयो ।

नेपाली काङ्ग्रेका नेता भीमसेनदास प्रधानले नेपाली जनताले पहिलोपटक महिलामुखी तथा समावेशी संविधान बनाएको बताउनुभयो । उहाँले महिलाले राज्यबाट पाउनुपर्ने अधिकार प्राप्त गरे पनि सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार नपाएकाले उनीहरु विभेदको शिकार भइरहेको बताउनुभयो । कार्यक्रममा उद्योग, आर्थिक, शिक्षा, समाजसेवा, साहित्य क्षेत्रमा योगदान गर्ने २० महिलालाई सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : १२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि