२०८२, १८ मंसिर बिहीबार

नेपाल भारत संयुक्त बैठकः पानीजहाजको टर्मिनल खोजी

नेपाल भारत संयुक्त बैठकः पानीजहाजको टर्मिनल खोजी


काठमाडौँ, फागुन २४ : नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । बैठक शुक्रबारसम्म चल्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

सअघि मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका तीन हप्तापछि नेपालमा जल परिहवन सञ्चालनका लागि नेपाल र भारतको संयुक्त टोलीले कोशी र गण्डकी नदीमा मङ्लबार र बुधबार सम्भाव्यता अध्ययन गरेको हो । त्यसक्रममा नेपालमा पानी जहाज रोकिने ठाउँ (टर्मिनल) को समेत खोजी गरिएको उर्जा, जल तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार  ६ : ४५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको