२०८२, २० कार्तिक बुधबार

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई

नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन : मुख्यमन्त्री राई


भद्रपुर, २३ फागुन : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ । नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा आज शुरु भएको विराट सत्सङ्ग समारोहको उद्घाटन अवसरमा उहाँले नेपाली जनमत एक ढिक्का भएका कारण मुलुकको सार्वभौमसत्ता, अखण्डता र धार्मिक सद्भाव जोगिएको बताउनुभयो ।

भारत उत्तराखण्ड राज्यका पर्यटन मन्त्री सतपाल महाराजले आर्शिवाद दिँदै नेपाल धर्म र ज्ञानको भण्डार भएको हुँदा विश्वभरिको ध्यान नेपालतिर आकर्षित भएको बताउनुभयो । उहाँले धर्मका नाममा जातीय विभेद अस्वीकार्य हुने र सबै मानव समान भएको धारणा व्यक्त गर्नुभयो । उहाँले महाकाली नदीमा पञ्चेश्वर परियोजना बनेपछि नेपालको झुपडी झुपडीको अन्धकार हट्ने र अयोध्यादेखि जनकपुर जोड्ने रेलमार्ग बनेपछि धार्मिक एवम् पर्यटकीय सम्बन्धले फड्को मार्ने बताउनुभयो ।

मेचीनगर नगरपालिका–८ धुलावारीस्थित श्रद्धेय आश्रममा शुक्रबारसम्म सञ्चालन हुने सत्सङ कार्यक्रममा नेपाल, भारत र भूटानका करीब एक लाख भक्तजन सहभागी रहेको आयोजक समितिका सहसंयोजक सागर कटुवालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ९ : ४२ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज