२०८२, ६ फाल्गुन बुधबार

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन

ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई मन्त्री पण्डितको निर्देशन


ललितपुर, २३ फागुन: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले निजामती कर्मचारीलाई यसअघि दिँदै आएको कुनै पनि सेवासुविधा कम नगर्ने भएकाले ढुक्क भएर कार्यक्षेत्रमा जान कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज प्रतिष्ठानमा आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रतिष्ठान समापन समारोहमा उहाँले कर्मचारीको वृत्तिविकासको ढोका सरकारले बन्द नगरेको प्रष्ट पार्नुभयोे । सङ्घले अहिले कर्मचारीलाई दिँदै आएको सेवासुविधा अरु प्रदेश र स्थानीय सरकारले घटाउन नसक्ने मन्त्री पण्डितले बताउनुभयोे । स्थानीय तहमा रहेर काम गरिरहेका कर्मचारीका लागि समेत विदेश भ्रमण र वैदेशिक अध्ययन दुवैको सम्भावना रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “स्रोत र आवश्यकताअनुसार सुविधा थप्ने सम्भावना छ ।” आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ट्रेड युनियनको नाममा काम नगर्ने प्रवृत्तिको अन्त्य भएको मन्त्री पण्डितले बताउनुभयो ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले नवनियुक्त कर्मचारीमा ‘म गर्न सक्छु’ भन्ने सकारात्मक सोच हुनुपर्नेमा जोड दिनुभयो । प्रशासनमा कुरा गर्नेभन्दा काम गर्ने व्यक्ति आवश्यक भएको उहाँले बताउनुभयो । “म सिङ्गो संस्था बदल्न सक्छु र मैले नसके कसले सक्छ भन्ने विश्वासका साथ नयाँ कर्मचारी कार्यक्षेत्रमा जानुपर्छ”, उहाँले भन्नुभयो । सार्वजनिक सेवा प्रशासन विभागका वरिष्ठ निर्देशक नारायणगोपाल मलेगोले प्रशासनमा रहेको ढिलासुस्ती बदल्ने जिम्मेवारी नवनियुक्त कर्मचारीको काँधमा रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : ४० बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय