२०८३, ८ कार्तिक आईतबार

सिके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश

सिके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश


काठमाडौँ, २३ फागुन : सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्नो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “निजबाट अपराधसँग सम्बन्धित दोषी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु ।”

देशलाई टुक्र्याउनेलगायत राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत मङ्सिर २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले माघ ३ गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : ३३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना