२०८२, ४ जेष्ठ शनिबार

आज ग्याल्बो ल्होसार मनाउँदै शेर्पा समुदाय

आज ग्याल्बो ल्होसार मनाउँदै शेर्पा समुदाय


काठमाडौँ, फागुन २३ : शेर्पा समुदायसहित बौद्ध धर्मावलम्बीले मनाउने ग्याल्बो ल्होसार आज मनाईँदैछ । भोट भाषाको दाथोक पात्रो अनुसार फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्बो ल्होसार मनाईन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पालगायत बौद्ध धर्मावलम्बीले मनाउने महान् पर्व नयाँ वर्ष ‘ग्याल्बो ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महायानी बौद्ध धर्मावलम्बी समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्व साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले यसले नेपाल र नेपालीबिच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउनाका साथै एकार्काको संस्कृतिको सम्मानसहित आपसी एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन् ।राष्ट्रपतिको सन्देशमा यस पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ ।

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ८ : ११ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको