२०८२, ३१ जेष्ठ शनिबार

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो

चौधरीको सम्पत्ति २२ अर्बले बढ्यो


काठमाडौँ, फागुन २३ : विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ।फोब्र्सलाई आधार मान्ने हो भने चौधरीको सम्पत्ति सन् २०१३ यता ७० अर्ब रुपैयाँ बढेको छ । सन् २०१३ मा पहिलोपटक फोब्र्सको सूचीमा पर्दा चौधरीको कूल सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो ।

२०१५ मा १ अर्ब ३० करोड अमेरिकी डलर पुगेको उनको सम्पत्ति अर्को वर्ष २० अर्बले घटेको फोब्र्सको तथ्याकं छ । त्यसयता चौधरीको सम्पत्ति प्रतिवर्ष २२ अर्ब रुपैयाँको दरले बढ्दो छ । ६३ वर्षीय चौधरी सीजी कर्प ग्लोबल र चौधरी ग्रुप नेपालका मालिक हुन् । चौधरीको नबिल बैंकमा ठूलो लगानी रहे पनि खाना, विद्युतीय सामाग्री, बियर होटलमार्फत पनि उनले मनग्य आम्दानी हुने फोब्र्सले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : ५५ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।