२०८२, ३ भाद्र बुधबार

सहिदको सम्मानमा आज सार्वजनिक बिदा

सहिदको सम्मानमा आज सार्वजनिक बिदा



सप्तरी , फागुन २३ : सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ। राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा हिजो (बुधबार) बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने निर्णय गरेको हो।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले) को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग २०७३ साल फागुन २३ गते मलेठमा भएको झडपमा सुरक्षाकर्मीको गोलीबाट ज्यान गुमाएका पाँच जना शहीदको स्मृति एवं सम्मानमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाले विज्ञप्ति जारी गरी शहीदको सम्झनामा दिइएको सार्वजनिक बिदाको निर्णयमा सहयोग गर्न मातहतका सम्पूर्ण कार्यालय र शिक्षण सङ्घसंस्थालाई अनुरोध गरेको छ। मलेठ घटनाको दुई वर्ष पूरा भएको दिन शहीदको सम्मानमा हुने स्मृति सभालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका साथै मधेश केन्द्रित दलका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा–फोरमको संयुक्त समितिले जनाएको छ।

प्रकाशित मिति : २०७५, २३ फाल्गुन बिहीबार  ७ : १९ बजे

गौर हत्याकाण्ड र उपनिर्वाचनबारे छलफल गर्न संघीय मोर्चाको आकस्मिक बैठ

काठमाडौं । गौर हत्याकाण्डमा सर्वोच्च अदालतले अनुसन्धान गर्न परमादेश जारी

भारत–चीन सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठन गर्ने सहमति

काठमाडौं । भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ

देवी दुर्गा संक्षिप्त परिचय

काठमाडौं । यो मूर्तिमा देखिएकी देवी दुर्गा हुन्, जो हिन्दू

पाँचखालको केराघारीमा ट्रकको ठक्कर, मोटरसाइकल चालकको मृत्यु

पाँचखाल । पाँचखाल नगरपालिका अन्तर्गत केराघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा

प्रधानमन्त्री आज प्रतिनिधिसभामा सांसदको प्रश्नको जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद्