२०८२, ९ बैशाख मंगलबार

आज वि. सं २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस

आज वि. सं २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । मध्यान्ह पछि व्यापार बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –दिग्भ्रमित नभई काम गर्नु आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मध्यान्हबाट कामले गति लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन । आर्थिक क्षय वेहोर्नु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ । मध्यान्ह पछि समयले साथ दिने छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ काम हात लाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –सुख,शान्तीमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको।प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पूर्वान्ह अनुकुल छ । बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । काम गर्दा विलम्ब नगर्नु होला पछि आफैलाई घाटा हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –रुघा,खोकी तथा दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ । अपरान्हबाट समयले साथ दिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –दैनिक काम काजमा प्रगति हुनेछ । कार्य क्षमता घट्ने छैन । तर मानसिक चिन्ताले छोड्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ । साझेदारी काममा लगानी नबढाउनु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –पूर्वान्हमा गरेका काम धेरै जसो सफल हुनेछन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । अनावस्यक समस्या सृजना हुनेछ । व्यापारबाट आय आर्जन घट्नेछ । आलोचना बढ्नेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।१

प्रकाशित मिति : २०७५, २२ फाल्गुन बुधबार  २ : ३१ बजे

इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज