२०८३, ३२ असार शुक्रबार

आज वि. सं २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस

आज वि. सं २०७५ फाल्गुन २२ गते बुधबारको राशिफल हेर्नुहोस



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफुले चाहेको काम गर्न सकिनेछ । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्नेछ । कार्य गोपनियता अप्नाउनु होला । मध्यान्ह पछि व्यापार बढ्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –दिग्भ्रमित नभई काम गर्नु आवस्यक छ । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मध्यान्हबाट कामले गति लिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –काम कुरा एकातिर कुम्लो बोकि ठिमीतिर,आज यस्तै यस्तै हुने देखिन्छ । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन । आर्थिक क्षय वेहोर्नु पर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –कर्म क्षेत्रबाट बाहिर जादा अवसर गुम्नेछ । काम गर्न आलटाल नगर्नु होला । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ । मध्यान्ह पछि समयले साथ दिने छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ । नयाँ काम हात लाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –धन भन्दा श्रम लगानी बढि गर्नु होला । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –सुख,शान्तीमा कमि आउनेछ । शरीरिमा रोग व्याधिको।प्रकोप रहनेछ । भौतिक सम्पतिको नास हुन सक्नछ । घरयासी कुराले बढि सताउने छ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – पूर्वान्ह अनुकुल छ । बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । काम गर्दा विलम्ब नगर्नु होला पछि आफैलाई घाटा हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तै हुनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –रुघा,खोकी तथा दाँतमा पीडा हुन सक्छ । आर्थिक कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ । अपरान्हबाट समयले साथ दिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –दैनिक काम काजमा प्रगति हुनेछ । कार्य क्षमता घट्ने छैन । तर मानसिक चिन्ताले छोड्ने छैन । व्यापारबाट आय आर्जन बढ्नेछ । साझेदारी काममा लगानी नबढाउनु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –पूर्वान्हमा गरेका काम धेरै जसो सफल हुनेछन् । मध्यान्ह पछि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । अनावस्यक समस्या सृजना हुनेछ । व्यापारबाट आय आर्जन घट्नेछ । आलोचना बढ्नेछ ।“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।१

प्रकाशित मिति : २०७५, २२ फाल्गुन बुधबार  २ : ३१ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित