२०८२, ३१ जेष्ठ शनिबार

हेटौँडा उपमहानगरपालिका हराभरा बनाइने

हेटौँडा उपमहानगरपालिका हराभरा बनाइने


हेटौँडा, २० फागुन: हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर क्षेत्रलाई थप सुन्दर हराभरा बनाउन अभियान शुरु गरेको छ । नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने, सडकको दायाँबायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान स्थानीय तहमा शुरुआत भएको हो ।

स्थानीय तहको निर्वाचनपछि दुई वर्षको अवधिमा हेटौँडाको कान्ति राजपथसँगै नगरपालिका सडकको दक्षिणतर्फको कार्यालय अगाडिदेखि मकवानपुर क्याम्पससम्मको सडकमा पनि विभिन्न प्रजातिका फूल रोपिएका छन् । आफू निर्वाचित भएर आएपछि हेटौँडा बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मूल सडकमा फूल र फलफूलका बिरुवा रोपिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

पहिले आफू प्रमुख हुँदाको समयमा दुई कार्यकालमा मुख्य सडकमा अशोकका रुख रोपेर हरियाली शहर बनाएको उल्लेख गर्दै उहाँले अब फूल र फलफूलले ढकमक्क बनाएर थप सुन्दर बनाउने सञ्चारकर्मीसँगको भेटमा बताउनुभयो । उहाँका अनुसार नगरका विभिन्न स्थानमा सडक फराकिलो बनाउने, नाली र फुटपाथ बनाउने कामसँगै अहिले सडकका वरपर २७ प्रजातिका बिरुवा रोपिएको छ । उहाँले भन्नुभयो, “म धेरै देश घुमेर हेर्दा त्यहाँको सुन्दरता भनेको फराकिलो सडकसँगै वरिपरि फूलैफूलको सुन्दरता देखेपछि हेटौँडालाई पनि विकसित शहरका रुपमा विकास गर्ने सोच आयो ।”

रोपिएका सबै बिरुवा हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोडमेल गर्नेलगायतका काम गरिँदै आएको छ । बजारको सुन्दरता बढ्दा घरधनीको घर र अगाडिका पसलको पनि सुन्दरता बढ्ने भएकाले आफ्ना घर अगाडि रोपिएका बिरुवा हुर्काउनका लागि नगरवासीको पनि दायित्व भएकाले यसमा लाग्न आग्रह पनि नगर प्रमुख महतले आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ७ : ३२ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।