२०८३, २८ श्रावण शुक्रबार

हेटौँडा उपमहानगरपालिका हराभरा बनाइने

हेटौँडा उपमहानगरपालिका हराभरा बनाइने


हेटौँडा, २० फागुन: हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगर क्षेत्रलाई थप सुन्दर हराभरा बनाउन अभियान शुरु गरेको छ । नगरको मुख्य बजारको आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने, सडकको दायाँबायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान स्थानीय तहमा शुरुआत भएको हो ।

स्थानीय तहको निर्वाचनपछि दुई वर्षको अवधिमा हेटौँडाको कान्ति राजपथसँगै नगरपालिका सडकको दक्षिणतर्फको कार्यालय अगाडिदेखि मकवानपुर क्याम्पससम्मको सडकमा पनि विभिन्न प्रजातिका फूल रोपिएका छन् । आफू निर्वाचित भएर आएपछि हेटौँडा बजार क्षेत्र र आसपास क्षेत्रका ११ वटा मूल सडकमा फूल र फलफूलका बिरुवा रोपिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो ।

पहिले आफू प्रमुख हुँदाको समयमा दुई कार्यकालमा मुख्य सडकमा अशोकका रुख रोपेर हरियाली शहर बनाएको उल्लेख गर्दै उहाँले अब फूल र फलफूलले ढकमक्क बनाएर थप सुन्दर बनाउने सञ्चारकर्मीसँगको भेटमा बताउनुभयो । उहाँका अनुसार नगरका विभिन्न स्थानमा सडक फराकिलो बनाउने, नाली र फुटपाथ बनाउने कामसँगै अहिले सडकका वरपर २७ प्रजातिका बिरुवा रोपिएको छ । उहाँले भन्नुभयो, “म धेरै देश घुमेर हेर्दा त्यहाँको सुन्दरता भनेको फराकिलो सडकसँगै वरिपरि फूलैफूलको सुन्दरता देखेपछि हेटौँडालाई पनि विकसित शहरका रुपमा विकास गर्ने सोच आयो ।”

रोपिएका सबै बिरुवा हुर्काउन, बढाउन र सुन्दर बनाउनका लागि दिनहुँ पानी हाल्ने, गोडमेल गर्नेलगायतका काम गरिँदै आएको छ । बजारको सुन्दरता बढ्दा घरधनीको घर र अगाडिका पसलको पनि सुन्दरता बढ्ने भएकाले आफ्ना घर अगाडि रोपिएका बिरुवा हुर्काउनका लागि नगरवासीको पनि दायित्व भएकाले यसमा लाग्न आग्रह पनि नगर प्रमुख महतले आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० फाल्गुन सोमबार  ७ : ३२ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व