२०८३, १९ आश्विन मंगलबार

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना


दार्चुला, फागुन १९ :  दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ ।

सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । दार्चुला–तिंकर सडकखण्डको राताका भीरमा एकतर्फी माात्रै एकपटक सानो गाडी गुड्न मिल्छ । तर अर्कोतर्फबाट गाडी आए फर्किनुपर्ने हुन्छ ।

भीरमा करिब आधा किलोमिटर लामो सडकको ट्रयाक खोलिएको छ । अग्लो भीरका कारण ‘डबल कटिङ’ नहुँदा गाडी एकतर्फी मात्रै चलाउन मिल्छ । वर्षौदेखि सो भीरमा प्रहरीको अनुमति लिएर मात्र गाडी चलाइँदै आएको हुन्छ । भीरको वारिपट्टी र पारिपट्टी प्रहरी तैनाथ हुन्छन् । एम्बुलेन्स र इमर्जेन्सीमा सवारी सधानले राताकाठा भीर पार गर्नुपर्दा प्रहरीको अनुमति लिनैपर्ने अवस्था छ । दिनभर भीरमा प्रहरी तैनाथ हुन्छ । यो समाचार पुष्पराज जोशी र प्रेम चुनाराले नागरिक दैनिकमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ४८ बजे

कांग्रेसको महाधिवेशन : आज उम्मेदवारी मनोनयनपत्र दर्तादेखि दोस्रो नामावली प्रकाशन हुने

काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनको आज (मंगलबार) तेस्रो दिन पनि

मौसममा फेरि बदली, पहाडदेखि हिमालसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायु र मनसुनी प्रणालीको प्रभावका कारण आज

डलर १५४ रुपैयाँ नाघ्यो, पाउन्ड २०४ नजिक

काठमाडौं । नेपाली रुपैयाँको तुलनामा प्रमुख विदेशी मुद्राको विनिमय दर

कांग्रेस महाधिवेशन : मतदाता संख्या ७ हजार ११४

काठमाडौंं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५औँ केन्द्रीय महाधिवेशनका

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले