२०८२, १८ मंसिर बिहीबार

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती


काठमाडौँ, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार यसका कारण रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान प्रभावित हुनेछन् ।

यो समयमा उडान बिहान ८ बजेदेखि बेलुकी १० बजेभित्रै व्यवस्थापन मिलाउने काम भइरहेको छ । महाप्रवन्धक क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडानमा सातवटा वायुसेवाका करिब एक दर्जन उडानलाई दिउँसोको समयमा मिलाउन आग्रह गरिसकिएको छ ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ३६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको