२०८३, २९ भाद्र मंगलबार

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती


काठमाडौँ, फागुन १९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते (मार्च १, २०१९) बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार यसका कारण रातिको समयमा हुने अन्तर्राष्ट्रिय र बिहानको समयमा हुने आन्तरिक उडान प्रभावित हुनेछन् ।

यो समयमा उडान बिहान ८ बजेदेखि बेलुकी १० बजेभित्रै व्यवस्थापन मिलाउने काम भइरहेको छ । महाप्रवन्धक क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय उडानमा सातवटा वायुसेवाका करिब एक दर्जन उडानलाई दिउँसोको समयमा मिलाउन आग्रह गरिसकिएको छ ।

प्रकाशित मिति : २०७५, १९ फाल्गुन आईतबार  ७ : ३६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक