२०८२, ४ माघ आईतबार

११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप फेरिदै

११६ वर्षे इतिहास बाेकेकाे सिंहदरबारकाे स्वरूप फेरिदै


काठमाडौं, फागुन १८ : सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।

हटाइँदै पुराना सवारीसाधन
सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेजजस्तो लाग्छ । मन्त्रालयपरिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर, अब सरकार व्यवस्थापनतर्फ लागेको छ ।

३१ भदौमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बसेको बैठकले सिंहदरबारपरिसर व्यवस्थापन सन्दर्भमा २६बुँदे निर्देशन दिएको थियो । त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकताअनुसार मर्मतसम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनेको थियो । निर्देशनअनुसार अहिले ७० पुराना गाडी मर्मतसम्भारबाट चलाउने गरी प्रदेश र स्थानीय तहसहित विभिन्न सरकारी निकायलाई हस्तान्तरण भइरहेको छ । बाँकी लिलामी प्रक्रियामा छ । याे रिर्पाेट शुराेजंज पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।

सन् १९०३ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले बनाएको सिंहदरबार राणा शासनको पतनपछि पनि प्रजातन्त्र र गणतन्त्रमा समेत प्रधानमन्त्री कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्रकै रूपमा छ । तर, पहिलेको सुन्दर सिंहदरबार अहिले अस्तव्यस्त छ । जथाभावी फोहोर, पुराना गाडीको अव्यवस्थित पार्किङ र सरसफाइको कमीले सिंहदरबारको सौन्दर्य हराएको छ । पुरानो प्रधानमन्त्री कार्यालय र संसद् ग्यालरी बैठक पनि ०७२ वैशाखको भूकम्पमा भत्किएर जोगिने–नजोगिने अवस्थामा छ । तर, पछिल्लो समय सरकार सिंहदरबारको स्वरूप फेर्ने कसरतमा लागेको छ । केही सकारात्मक प्रयास सुरु गरेको छ ।

हटाइँदै पुराना सवारीसाधन
सिंहदरबार परिक्रमा गर्दा कहिलेकाहीँ पुराना सवारीसाधन थन्क्याउने ग्यारेजजस्तो लाग्छ । मन्त्रालयपरिसरमा वर्षौँदेखि गाडी र मोटरसाइकल खिया लागेर बसेका छन् । कतिपय प्रयोग गर्न मिल्ने गाडी पनि बेवारिसे छाडिएको समाचार पटक–पटक आए । तर, अब सरकार व्यवस्थापनतर्फ लागेको छ । ३१ भदौमा मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बसेको बैठकले सिंहदरबारपरिसर व्यवस्थापन सन्दर्भमा २६बुँदे निर्देशन दिएको थियो ।

त्यसपछि रेग्मीकै नेतृत्वमा बसेको बैठकले सिंहदरबारभित्र रहेका पुराना सवारीसाधनको आवश्यकताअनुसार मर्मतसम्भार गरेर चलाउन र स्थानीय तहलाई हस्तान्तरण गर्न भनेको थियो । निर्देशनअनुसार अहिले ७० पुराना गाडी मर्मतसम्भारबाट चलाउने गरी प्रदेश र स्थानीय तहसहित विभिन्न सरकारी निकायलाई हस्तान्तरण भइरहेको छ । बाँकी लिलामी प्रक्रियामा छ । याे रिर्पाेट शुराेजंज पाण्डेले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १८ फाल्गुन शनिबार  ७ : ३८ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ