२०८२, १२ माघ सोमबार

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैन: पूर्व राष्ट्रपति यादव


धादिङ, १७ फागुन: पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ ।

जिल्ला होटल सङ्घङले आज धादिङबेँसीमा आयोजना गरेको ‘धादिङ पर्यटन तथा औद्योगिक मेला’को उद्घाटन गर्दै डा यादवले वर्तमान संविधानअनुसार सबै सरकारले शिक्षामा लगानी गरी विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

मिलेर विकास गर्नका लागि सबैको साझेदारी र हातेमालो हुनुपर्नेमा जोड दिँदै डा यादवले ४० लाख नेपाली विदेशमा रहेकाले उनीहरुलाई गाउँघरमै रोजगारी दिन सरकारले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सङ्घीय सांसद खेमप्रसाद लोहनी, पूर्वमन्त्री कल्पना धमलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मेलामा दुई सय प्रदर्शनी कक्ष रहेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ३० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै