२०८२, ६ फाल्गुन बुधबार

प्रदेश नं ३ लाई पूर्ण साक्षर बनाउँछौँ: सभामुख श्रेष्ठ

प्रदेश नं ३ लाई पूर्ण साक्षर बनाउँछौँ: सभामुख श्रेष्ठ


भक्तपुर, १७ फागुन : प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ लाई पूर्ण साक्षर प्रदेश बनाइने बताउनुभएको छ । आज भक्तपुरको दक्षिण बाराहीस्थित शंखधर मेमोरियल स्कूलको १५औँ वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा उहाँले भक्तपुर शैक्षिक क्षेत्रमा नमूना जिल्ला बनेको बताउनुभयो । प्रदेश नं ३ लाई देश कै नमूना शैक्षिक क्षेत्र बनाइने बताउनुभएको छ ।

“यस प्रदेशमा ८२.८२ प्रतिशत पुरुष र ६७.५० प्रतिशत महिला साक्षर छन्, अहिले ७५ प्रतिशत नागरिक साक्षर भएको यस प्रदेशलाई आगामी पाँच वर्षमा पूर्ण साक्षर प्रदेश बनाउँछौँ ।” देशमा बढ्दो बेरोजगारीका कारण ४० लाख युवा रोजगारीका लागि खाडी मुलुकमा गइरहेको चर्चा गर्दै उहाँले अहिलेको शिक्षा नीतिलाई परिमार्जन गर्नुपर्ने औँल्याउँनुभयो । उहाँले भन्नुभयो, “अबको शिक्षालाई रोजगारी र सीपसँग जोडेर लैजानु आवश्यक छ, आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा दिनु पर्छ, त्यसतर्फ सरकार केन्द्रित हँुदैछ ।”

कार्यक्रममा वातावरण विषयमा विद्यावारिधी गर्नुभएका विद्यालयका संस्थापक अध्यक्ष एवं प्रदेशसभा सदस्य सांसद डा राजेन्द्रमान श्रेष्ठलाई सम्मान गरिएको थियो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगरपालिकाले सामुदायीक र निजी विद्यालयलाई कुनै भेदभाव नगरेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं शंखधर मेमोरियल स्कुलका संस्थापक प्रिन्सिपल मदन सुन्दर श्रेष्ठले शंखधर चोकको विकास, सर्भिस ट्र्याकको निर्माण, अरनिको राजमार्गको मध्यपुर क्षेत्रमा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने, खानेपानीको समस्या समाधानलगायत कार्य गर्दै आएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : २५ बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय