२०८२, २ भाद्र मंगलबार

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक


काठमाडौं, फागुन १७ : अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो ।

सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थिये । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए ।

त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भरवाडी, रुपन्देहीबाट रातारात आइपुगेकी थिइन् । कुवेत जान हिँडेका सत्यनाराणलाई दलालले साउदीको सलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवास समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : १६ बजे

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर

ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग ट्रम्पको वार्ता

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की

जय हनुमान : शक्ति र सेवाको प्रतीक

भगवान हनुमान हिन्दू धर्मका एक महान देवता हुन्, जो भक्ति,

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभर

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा