२०८३, २४ भाद्र बिहीबार

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक


काठमाडौं, फागुन १७ : अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो ।

सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो ?’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन् ।

ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थिये । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए ।

त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भरवाडी, रुपन्देहीबाट रातारात आइपुगेकी थिइन् । कुवेत जान हिँडेका सत्यनाराणलाई दलालले साउदीको सलगाइद पुर्याए । ११ वर्षसम्म साहुले जबर्जस्ती काममा लगाइरहे । फर्कन दिएनन् । नेपाली प्रवास समाज र नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका उनी आफ्नै गाउँमा नौलो भएका छन् ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : १६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको