२०८३, ३ असार बिहीबार

आज मौसम खुले पनि भोलीदेखि पुनः वर्षा सुरु हुने

आज मौसम खुले पनि भोलीदेखि पुनः वर्षा सुरु हुने


काठमाडौं, फागुन १७ : गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार (आज) मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए ।

भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, ‘शनिबार नै पश्चिममा हल्का वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।’ आइतबारदेखि उपत्यकासहित मध्य क्षेत्रमा हलुका वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको उनले बताए । नेपाल प्रवेश गरेपछि मात्रै यो जलवाष्प कति दिनसम्म रहन्छ भन्ने सकिने मौसमविद् श्रेष्ठको भनाइ छ ।

शुक्रबार केही पहाडी क्षेत्रमा हलुका वर्षा हुन सक्ने भए पनि अधिकांश भागमा घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाको छ । बिहीबार काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा पानी परेको थियो । पहाडी र उच्च हिमाली क्षेत्रमा मात्रै होइन काडमाडौंआसपासका डाँडाकाँडामा समेत हिउँ परेको थियो । याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : १२ बजे

सिसी क्यामरा जडानले रोकिएका ति अपराध

सिन्धुलीको कमलामाई नगरपालिले नगरक्षेत्रका बिभिन्न चोक तथा जोखिम मानिएको सडक

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित