२०८२, ३१ जेष्ठ शनिबार

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री

अनुदानको नुन दोब्बर मूल्यमा बिक्री


 जुम्ला, फागुन १७ : सकारले वितरण गर्ने अनुदानको नुन जुम्लाका ब्यापारीले पसलबाटै खुलेयाम बिक्री गर्ने गरेका छन् । जुम्ला सरदमुकाम खलंगादेखि ग्रामीण बजारमा रहेका हजारौँ ब्यापारीले पसलबाटै सरकारी अनुदानको नुन खुलेयाम बिक्री गरिरहेका हुन् । ब्यापारीहरुले घरमा खानका लागि भन्दै नेपाल साल्ट टेड्रिङ करर्पोरेसन शाखाबाट अनुदानको नुन लिएर स्थानीयलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् । 

प्रतिकेजी नौ रुपैयाँमा पाइने अनुदानको नुन गाउँघरमा सर्वधारणले पसलबाट २५ देखि ३० रुपैयाँसम्म किन्ने गरिरहेका छन् । सरोकारवाला निकायले बजार अनुगमनका क्रममा खुद्रादेखि फेन्सी पसलेहरुले सरकारी अनुदानको नुन दोब्बर मूल्यमा बिक्री गर्ने गरेको पाइएको हो ।

धेरै समयपछि बजार अनुगमन गाउँमा केन्द्रीत गरेपछि यस्तो खुलासा भएको नागरिक समाजका सदस्य मानदत्त रावलले बताए । उनले मनपरी रुपमा अनुदानको नुन बेच्नेलाई  कारबाही गर्नु पर्ने बताए । यो समाचार कारोबार दैनिकमा सागर परियारले लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १७ फाल्गुन शुक्रबार  ७ : ०८ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।