२०८३, २४ भाद्र बिहीबार

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय


काठमाडौँ, १४ फागुन: हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबै पक्षबीच सहमति जुटेको बताउनुभयो । “निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिँदै धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी नेपाली कालिगढले नै मन्दिर पुनःनिर्माण गर्नेछन्”, उहाँले भन्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएकाबाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताउनु हुँदै मन्दिर पुनःनिर्माणमा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर मन्दिर पुनःनिर्माण गर्ने बताउनुभयो । भूकम्पपछि क्षति भएका संरचना पुनःनिर्माण गर्ने क्रममा आगम्छे मन्दिरको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो । मन्दिरको पुनःनिर्माण जाइकामार्फत गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदायलगायतले त्यसप्रति असहमति जनाएकाले पुनःनिर्माण रोकिएको थियो ।

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ६ : ४२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको