२०८२, ४ माघ आईतबार

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय


काठमाडौँ, १४ फागुन: हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लामो पहलपछि सबै पक्षबीच सहमति जुटेको बताउनुभयो । “निर्देशक समिति, प्राविधिक समिति र उपभोक्ता समिति गठन हुने जानकारी दिँदै धार्मिक मान्यताको सम्मान एवं परम्परागत शैली, प्रविधि र स्थानीय सामग्रीको प्रयोग गरी नेपाली कालिगढले नै मन्दिर पुनःनिर्माण गर्नेछन्”, उहाँले भन्नुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले दीक्षित भएकाबाहेक मन्दिरमा कोही पनि प्रवेश गर्न नमिल्ने बताउनु हुँदै मन्दिर पुनःनिर्माणमा आर्थिक पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजेश शाक्यले स्थानीय समुदायलगायत सबैको साथ लिएर मन्दिर पुनःनिर्माण गर्ने बताउनुभयो । भूकम्पपछि क्षति भएका संरचना पुनःनिर्माण गर्ने क्रममा आगम्छे मन्दिरको जिम्मा जापान सरकारलाई प्रदान गरिएको थियो । मन्दिरको पुनःनिर्माण जाइकामार्फत गरिने भएपछि जनप्रतिनिधि, स्थानीय समुदायलगायतले त्यसप्रति असहमति जनाएकाले पुनःनिर्माण रोकिएको थियो ।

प्रकाशित मिति : २०७५, १४ फाल्गुन मंगलबार  ६ : ४२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ