२०८२, २३ चैत्र मंगलबार

सञ्चारमन्त्री बाँस्कोटा स्पेन प्रस्थान

सञ्चारमन्त्री बाँस्कोटा स्पेन प्रस्थान


काठमाडौँ, ११ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन ‘जिएसएमए’को आयोजनामा स्पेनको वार्सिलोनामा यही फेब्रुअरी २५ देखि २७ तारिखसम्म मोबाइल कङ्ग्रेस, २०१९ अन्तर्गत हुने (जिएसएमए मिनिस्टेरियल प्रोग्राम २०१९) मा सहभागी हुन आज स्पेनको वार्सिलोना तर्फ प्रस्थान गर्नुभएको छ ।

सो मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मोबाइल कङ्ग्रेसको मन्त्रिस्तरीय कार्यक्रममा विभिन्न देशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहने छ ।उक्त कार्यक्रम दूरसञ्चार क्षेत्रमा नीति निर्माण तथा अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण मानिने उल्लेख गरिएको छ ।

भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले विभिन्न मुलुकका मन्त्रीहरु तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्नुहुने सो विज्ञप्तिमा उल्लेख छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार  ८ : ५९ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि