२०८२, १२ माघ सोमबार

सञ्चारमन्त्री बाँस्कोटा स्पेन प्रस्थान

सञ्चारमन्त्री बाँस्कोटा स्पेन प्रस्थान


काठमाडौँ, ११ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन ‘जिएसएमए’को आयोजनामा स्पेनको वार्सिलोनामा यही फेब्रुअरी २५ देखि २७ तारिखसम्म मोबाइल कङ्ग्रेस, २०१९ अन्तर्गत हुने (जिएसएमए मिनिस्टेरियल प्रोग्राम २०१९) मा सहभागी हुन आज स्पेनको वार्सिलोना तर्फ प्रस्थान गर्नुभएको छ ।

सो मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मोबाइल कङ्ग्रेसको मन्त्रिस्तरीय कार्यक्रममा विभिन्न देशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहने छ ।उक्त कार्यक्रम दूरसञ्चार क्षेत्रमा नीति निर्माण तथा अनुभव आदानप्रदानका दृष्टिले महत्वपूर्ण मानिने उल्लेख गरिएको छ ।

भ्रमणका अवसरमा मन्त्री बाँस्कोटाले विभिन्न मुलुकका मन्त्रीहरु तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्नुहुने सो विज्ञप्तिमा उल्लेख छ ।
-रासस

प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार  ८ : ५९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै