२०८२, ६ फाल्गुन बुधबार

‘राष्ट्र निर्माणको बैकल्पिक धार बन्नुपर्छ’ : अध्यक्ष प्रचण्ड

‘राष्ट्र निर्माणको बैकल्पिक धार बन्नुपर्छ’ : अध्यक्ष प्रचण्ड


काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता टेलिभिजन नेपाली समाज र राष्ट्रलाई अगाडि बढाउने बैकल्पिक धार स्थापित गर्न महत्वपूर्ण अगुवाका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनता टेलिभिजनको स्टुडियो भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “वैचारिक निष्ठालाई विचलित हुन नदिने र जनताप्रतिको विश्वास तथा जनताका निम्ति गरिने काम आफ्नो आदर्शबाट दायाँ बायाँ हुन नदिने गरी तपाईँहरुले गर्नुभएको सङ्कल्पलाई मैले चुनौतीपूर्ण लिएको छु ।”

उहाँले टेलिभिजन प्रसारणको मात्र विषय नभई आर्थिक, राजनीतिक, सामाजिक र साँस्कृतिक दृष्टिकोणले नयाँ समाज निर्माणको महाअभियानको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “कुनै पनि समाज कसरी अगाडि बढ्छ भन्ने कुन विचार, मूल्य र मान्यताद्वारा निर्देशित छ भन्नेमा भर पर्छ ।” ठूला सकारात्मक तथा क्रान्तिकारी परिवर्तन निश्चित मूल्य मान्यताका आधारित भएर निर्माण गरिएको जनमतबाटै बन्ने उल्लेख गर्दै उहाँले गलत र भ्रमित जनमतले समाजमा धरै विसङ्गति र विकृतिले जन्म लिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सही विचारका आधारमा जनमत निर्माण गर्ने निकै ठूलो काम हो, यो सरल काम होइन, दीर्घकालनीन र निरन्तर अघि लैजानुपर्ने काम हो ।”

लामो सङ्घर्ष र बलिदान पछि नेपालमा राम्रो राजनीतिक प्रणाली स्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको परिवर्तन गुणात्मक प्रकृतिको छ, यसले प्रणालीलाई नै परिवर्तन गरेको छ । ऐतिहासिक ढङ्गले एउटा प्रणालीको ठाउँमा नयाँ प्रणालीको विकास गरिएको छ । त्यसलाई संविधानले वैधानिकता दिएको छ ।” संविधानले परिकल्पना गरेको समाजवाद र सामाजिक न्यायसहितको व्यवस्थालाई जनतासमक्ष सम्प्रषित गर्ने गहन जिम्मेवारी डिजिटल मिडियामा सङ्केन्द्रीत हुन आइपुगेको उहाँको भनाइ थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ फाल्गुन शनिबार  ८ : ४९ बजे

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि

सहकारी ठगहरूलाई तह लगाइने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेश प्रदेशको वित्तीय